यो काँठे जुहारी कहिले सम्म ?

-जनकमान डङ्गोल

डाक्टर  केसीको लडाई सरकारसंगको हो अख्तियारसंग हैन

जनक मान डंगोल

जनक मान डंगोल

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज, काठमान्डौ अर्थात छोटकरीमा भन्ने गरिएको TU का डाक्टर गोबिन्द के.सी जनताले रुचाको डाक्टर हुन । दुर्दराज्को बिकट ईलाकाहरुमा गएर उहाँले निस्वार्थ भावमा सेवा गर्नु हुन्छ त्यो पनि आफ्नै लगानीमा त्यसैले उहाँले राख्नु भएको माग जायज छैन भनेर भन्न सकिन्न । उहांले आफ्नो लागि हैन जनताको लागी भनेर उठाएको माग पुरा गर्ने नगर्ने भन्ने बिषय नेपाल सरकारको हो त्योअन्य निकायहरुको कार्य क्षेत्र भित्रमा पर्दैन ।

तस्बिर साभार : गुगल सर्च ईन्जिनबाट

तस्बिर साभार : गुगल सर्च ईन्जिनबाट

आफुले राखेको माग सरकारले पुरा गरेन त्यसैले म फेरी अनसन बस्छु भन्दै अनसन बस्नु भन्दा अगादी डाक्टर के.सी ले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।  पत्रकारहरुलाई गराउनु भएको जानकारीमा अख्तियार प्रमुख लोकमान शिंह माथी खर्च गर्नु भएको नकारात्मक सब्दहरुले सजिएको प्रतिक्रिया तथा you tube मा राखिएको श्रब्यदृश्यहरु सुन्न देख्न तथा तथा पढन पाईयो । मेरो यो लेख हेर्दा अख्तियार प्रमुखको पक्षपोषण गरेको जस्तो लाग्न सक्छ । सोचाई र बिचार आ आफ्नो हो । वाक स्वतन्त्रताको उपयोग गर्दै मैले पनि यसै लेख मार्फत आफ्नो टिप्पणी राख्ने जमर्को गर्दैछु तर यो लेख कोहि कसैको बचार उ र ताबेदारिमा लेखिएको भने पक्कै पनि हैन ।

डाक्टर गोबिन्द के.सीले पटक पटक गर्नु भएको लडाई सरकार संगको हो अख्तियार संग हैन । डाक्टर के.सी ले उठाउनु भएको माग पुरा गर्ने काम सरकारको कार्य क्षेत्र भित्र पर्दछ ।  अख्तियार पनि अन्य सरकारी निकाय जस्तै सरकारको एउटा अंग मात्र हो । अख्तियारको काम कार्य भनेको अनुसन्धान गरेर न्यायमूर्ति समक्ष गल्ति तथा कसुर गर्ने कसुर्दार्हरु माथि संजाय तथा सरकारलाई पुर्याएको हानी नोक्सानी भरपाई तथा दण्ड संजायको लागी रायको साथ माग पेश गरि दिने संस्था मात्र हो । अख्तियार न्याय सुनाउने न्न्यायमूर्ति पनि हैन । मैले बुझेको परिभाषा चै यत्ति नै हो । मैले बुझेको परिभाषा ठिक हो भने एउता रास्ट्र सेवकले आर्को रास्ट्र सेवक माथी हिलो छ्याप्ने काम किन गरिदैछ ? न्याय दिने न्यायमुर्ति अर्थात सरकारले डा.गोबिन्द के.सीको माग पुरा गर्दैन भने त्यसमा अख्तियार प्रमुखको दोष के कसरि भयो ? यो चै मैले नबुझेको कुरो पर्यो सायद पाठकहरुले पनि त्यस्तै बुझ्नु भएको होला ।

हेर्नुहोस डाक्टर के.सी ले ब्यक्त गरेका अभिव्यक्ति you tube मा  अनलाईन खबर ले पोस्ट गरेको हुँदा त्यसै बाट साभार गरिएको हो भने त्यसको बिरुद्धमा अख्तियारबाट निकालिएको बिज्ञप्ति सामाजिक संजाल फेसबुकबाट उतार गरि राखेका छौ ।

13510867_1132129636844127_8566314081019522353_n 13529219_1132129626844128_7498873964612979714_n

13466329_1132129610177463_2812122752170906137_nदेस तथा समाजको हितमा नभएको काम कार्यहरु सामाजिक संजाल देखि पत्र पत्रिका हरुमा बारुलो बनेर डस्न सक्ने तपाई हामीहरुले हाम्रै हितको लागी डाक्टर के.सी ले उठाएको माग किन पुरा नगरेको भनेर केहि ब्यक्तिहरु सडकमा नाराबाजी गर्दै हिंडेको त देख्यौ तर देसै भरिको जनता सडकमा ओर्लेर सरकारसंग सोध्ने दुस्साहस आजसम्म किन गरेनौ ? सरकारी रबैया देखि राजनीतिक पार्टीहरुले गरेको देस र जनता प्रतिको अन्तर्घात देख्न र सहन नसकेर डाक्टर के.सी अनसन बस्नु हुन्छ । केहि ब्यक्ति त्यसमा नेता देखि सामाजिक अभियन्ता तथा खबरकर्मीहरु गएर उहाँलाई हेर्ने र सामाजिक संजालहरुमा सरकार बिरुद्ध आक्रोस पोख्ने बाहेक अन्य केहि ठुला काम गरेका छौ ?

तपाई हामि डाक्टर के.सी को माग पुरा गर भनेर सडकमा निस्कन सक्दैनौ किनभने नेपालमा अहिले स्वतन्त्र नागरिक हैन पार्टीका नेता, कार्यकर्ता देखि तिनका समर्थकहरु बसोबास गर्छन ।  आफ्ना पार्टी र नेताहरुको बिरोध गर्ने ह्याउ तपाई हामिहरु  गर्न सक्दैनौ । रास्ट्र भन्दा राजनीतिक पार्टी र पार्टीका नेता ठुलो भने दास मानसिकता बोक्ने तपाई हामीहरुले डाक्टर के.सी ठिक सर्खार बेठिक भनेर भन्न सक्दैनौ किनभने सर्खारमा त हामीले नै चुनेर पठाएको राजनीतिक पार्टीका नेताहरु छन भने अख्तियार प्रमुख लोकमान शिंह माथि पांडे गालि गर्नुको के तुक भो ।

आफुले मन पराएर समर्थन गरेको राजनीतिक पार्टीको लागी जिन्दाबाद र मुर्दाबाद भन्दै तपाई हामीहरु आफ्नो ज्यु ज्यान अर्पिंन सक्ने सम्मको काम कार्यहरु गर्न पछी पर्दैनौ ।  तपाई हामीहरु भनेको ‘खोलो तरेसी लौरो बिर्सने’ चरित्रका मनुवा हौ । तपाई हामीहरुले समर्थन गरेको पार्टीका नेताहरुनै मेडिकल माफियाका भरिया छन भने डाक्टर के.सीले अख्तियार प्रमुख माथि व्यक्तिगत लान्छना लगाएर बक्तब्यबाजीमा उत्रिनु त्यो गलत काम हो र अरुको नजरमा सहि होला तर मेरो नजरमा त्यो बयानबाजी ठिक हैन । गलत बयानलाई सहि भनेर समर्थन गर्न सकिदैन र गर्नु पनि हुन्न ।

एउटा सरकारी निकायका रास्ट्र सेवकले आर्को सरकारी निकायका रास्ट्र सेवक माथि ब्यक्तिबादी आरोप लाउनु भनेको मनको तितो पोख्नु भन्दा अरु केहि पनि हैन त्यसैले डाक्टर के.सी ले उठाउनु भएको अभियान ठिक हो भने देसै भरिका जनताहरु सडकमा ओर्लेर सरकार बिरुद्ध प्रदर्शन गरेर देखाउन सक्नु पर्छ । सक्नु हुन्न भने डाक्टर के.सी ठिक अख्तियार प्रमुख लोकमान शिंह बेठिक भनेर तालि पिट्नु जस्तो ठुलो मुर्खता अरु केहि पनि हैन त्यसैले डाक्टर के.सीलाई देव र अख्तियार प्रमुख कार्कीलाई दानब भन्ने नजरले हेर्ने तपाई हामीहरुको नजर बिल्कुल गलत हो ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu