संघियताको लागि राष्ट्रको बलि नचढाउ बरु राष्ट्र जोगाउन संघियताकै बलि चढाउ !

-मेघराज भट्टराई 

मलाई सानो कुरा याद छ। हाम्रो गाउको बनको बिबाद निकै बढेर गाउ गाउ बिचमा झगडा हुने अवस्था आएको थियो। त्यो बिबाद आज सम्म पनि छ। स्युजा गाउ बिकास समिती अन्तर्गत पर्ने ओडा नम्बर ४,र ५ को सिमानामा पर्ने(राङजाङ र टेङ्टेङखोला कालिमाटी) को बोक्सिनिभिर को बिबाद यहाँ सम्म भएको थियो कि घास दाउरा गाइचरन पुरै झगडाको बिउ भएको थियो। ठीक यसै तरह स्युजा र सैघा बिचको बिर्धलेपानी कालोपोखरा आदिको बिबाद पनि निकै उग्ररुपमा बढेको कुरा मलाई याद आउछ। मैले यो कुरा यहाँ किन राखेको भन्दा खेरी हाम्रो समाजको स्थापिथ भावनालाई यदी हामीले गलत ढंग बाट चलायौ भने जनताको बिचमा समस्या श्रीजना हुन्छ जो स्वाभाबिक नै हो। आज देशलाई जबर्जस्ती संघियतामा धकेल्दा अहिले बिभिन्न समस्या श्रीजना भएका छन।

सम्पूर्ण प्राणीलाई अत्यन्त आवश्यक पर्ने प्राकृतिक साधनश्रोतको बट्वारा गर्ने राज्यको निकै बलियो नियम कानुन र अर्थतन्त्रले बिशाल बनेको देश अनिवार्य सर्त हो संघियतालाई लागु गराउन र सफल गराउनको लागि। तर हाम्रो देशको बस्तुगत र आत्मगत बिषय नै मिल्दैन। केही बिखन्डन्कारी तत्व बाहेक संघियताको पक्षधर कुनै मान्छे भेटिदैन यो त रहयो आत्मगत अवस्था। बस्तुगत अवस्था त झनै जटिल छ। यहाँ हामीलाई चाहिएको एउटा राष्ट्र चलाऊन निकै गाहारो भएको छ। हाम्रा भर्खर्का बालबालिकाको थाप्लोमा बैदेशिक भार दैनिकी थपिएको छ। राष्ट्रलाई लाग्ने रिण हामी गरीब जनताको कारण होइन। यो त सदियौ देखी सत्ताको स्वाद लिने शाषक बर्गहरुको कारण हामीलाई यसरी बेइज्जत हुनु परेको छ। एउटा राष्ट्र चलाऊन हम्मेहम्मे पर्ने लाई ८ वटा राज्य चलाऊन चाहिले आर्थिक भौतिक पुर्वाधार कहाँ बाट कसरी ल्याउने?कुनै सोधखोज छैन। यो भन्दा नालायकी अरु के हुन सक्छ? राष्ट्रको यत्ती समेदनसिल निर्णय गर्दा जनभावनाको कुनै राय लिने सम्म गरिदैन। एउटा बहुलालाई जे मन लाग्यो तेही गर्ने छुट हुने?

भुगोलको बट्वारा गर्दा यहाँ भएका बनजंगल, खोलानाला, खानि,खनिज पदार्थको लागितथा स्कुल कालेज,हाटबजार असपत्ताल, सबै चिजको लागि बिबाद उत्पन्न हुन्छ। र मान्छे त्यो स्वार्थी जानवर हो जो अरुले गरेको बिकासमा हक जमाउछ आँफैले केही गर्दैन। आज धेरै जटिल अवस्थामा मुलुक फसेको छ यसलाई फसाउने कुनै बाहिरी शक्ती भन्दा पनि यही भएका नालायक खलनायहरु नै हुन भन्दा फरक नपर्ला। बाहिरी शक्तीको केही हात होला र छ तर निर्णायक् यहिका दलाल नै हुन। जो हुन त नेपाली नागरिकता लिएका छन। राहधानी पनि नेपाली नै बोक्छन। तर कलो चाँही शक्तिकेन्द्रको खान्छन। अब संघियता यत्ती जटिल बन्यो कि न यसलाई छोड्न सकिने न लागु नै गर्न सकिने। छोड्दा देशको अस्तित्व जोगाउन सम्पूर्ण जनशक्ती लगाउन जरुरी छ जो बिभिन्न राजनीतिक पार्टीको छत्रछायामा छन एक ठाउँ आउन घमन्डले दिदैन। लागु गराउदा ठुलो धनजन को क्षेती हुने र राष्ट्र नै बिखन्डन हुने स्थिती श्रीजना भएको छ। यो ६२,६३साल भन्दा पहिले उत्पन्न भएको समस्या होइन। सामन्ती केन्द्रक्रित राज्य ब्यबस्थाको कारण हामीले हाम्रो गाउ ठाउमा राज्यको संपर्क बिकासका योजनामा हाम्रो पहुच नभएको चाँही पक्कै हो। तेसको लागि हाम्रो जस्तो देश जहाँ बिबिध्दाले भरिएको छ यहाँ हामीलाई चाहिएको स्थानिय स्वायत्त शासन हो।

प्रजातान्त्रिक बिकेन्द्रकरणको सिद्दान्तमा आधारित स्थानिय स्वायत्तताले नेपाली समाजको हरेक तह र तप्का लाई छुने शासन ब्यबस्था हो।

तेसैले हामीले समय मै नेपाली जनताको र राष्ट्रको हितको लागि एक जुट हुदै संघियताको लागि राष्ट्रको बलि नचढाउ | बरु आबश्यकता परे राष्ट्र जोगाउन संघियताकै बलि चढाउन पनि पछि  नहटौ !

१५ पुष २०७३

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu