इजरायलमा महान पर्व नयाँ बर्ष च्यह ल्होछार २०७३ भव्य रुपले सम्पन्न ( फोटो/भिडियो)

नेपाली  तमुहरुको महान पर्व एवम् नयाँ बर्ष च्यह  ल्होछार  २०७३  इजरायलको तेल अभिवमा गत शुक्रबार ३० डिसेम्बर २०१६को दिन भब्यताको साथ सम्पन्न भएको छ | नेपालको आफ्नै जातीय  मौलिक धर्म ,संस्कृति ,भेषभुषा , भाषा ,परम्परा जोगाउको लागि स्थापित तमु समाज इजरायलको आयोजनमा भएको सो समारोहको प्रमुख अथितिमा नेपाली दुतावासका द्वतीय सचिब आस्था सुब्बा राई र विशिष्ट अथितीमा नेपालबाट आएका सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकी रहेका थिए |

बिशेष अतिथिहरुमा  आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष निर्मला गुरूङ , एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली ,अतिथिहरुमा इजरायलस्थित विभिन्न संघसंस्थाका अध्यक्षहरु र मिडियाकर्मीहरु रहेका थिए |

तमु समाज इज्रयाला अधक्ष्य डिककुमार गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन समाजका सदस्यद्वय सानु गुरुङ र डम्बर गुरुङले गरेका थिए | ल्होछार  कार्यक्रमकि संयोजकमा  आशामाया गुरुंग रहेकी थिइन् |

आउने अथितिहरुलाई समाजका सदस्य बिष्णु गुरुङले स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए भने तमु समाजको गतिविधिबारे हरि माया गुरुङले प्रकाश पारेकी थिईन |

प्रमुख अथिति आस्था सुब्बा राई ,विशिष्ट अथिति मन्त्रि बुढाथोकीले आआफ्नु शुभकामना मन्तब्य दिदै मौलिक संस्कृति जोगाउन सबैले पहल गर्नु पर्ने विचार राखेका थिए |

यस्तै सो ल्होसार कार्यक्रम इजरायलमा भएका अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले पनि ल्होछारको शुभकामना मन्तब्य राखेका थिए | 

ल्होछा को शुभकामना आदन प्रदान गर्नुका साथै सांगीतिक मनोरन्जन र रात्रिभोज संगै हर्ष उल्लासका साथ ल्होछार  पर्ब २०७३ सम्पन्न भएको थियो |

भिडियोहरु




१९ पुष २०७३

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu