नेपाल एकीकरण गरेको पृथ्बी नारायाण शाहले हो-प्रचण्ड

 

पौष २६ गते भरतपुर: केहि दिन अगाडी सम्म पृथ्बी नारायण शाहको बिषयमा बोल्न अन्कनाउने माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अहिले आएर घुमाउरो भाषा ‘सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान’ भन्ने शब्द प्रयोग गर्दै नेपाल एकीकरणमा पृथ्बी नारायण शाहको ठुलो योगदान रहेको छ र त्यो बेला उहँले नेपालको एकीकरण नगरेको भए नेपाल भन्ने देसको अस्तित्वनै मेटिन सक्छ भनेर भन्न बाध्य भएका छन् ।

गृहनगर चितवन जिल्लाको को भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।

पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिलाई विश्लेषण  गर्ने हो भने कुनै समय आफ्ना बिधार्थिहरुलाई शिक्षा दिने शिक्षक प्रचण्ड अझै पनि नेपाल एकीकरण गर्ने को हो भन्नेमा नै रुमलिरहेको हो वा कम्युनिस्ट भए पछी राजतन्त्रको समर्थनमा बोल्न हुन्न भन्ने भयले हो अझै पनि सत्य कुरा बोल्न डर मान्दा रैछन भन्ने पुस्टि हुन्छ भन्ने यस्ता शिक्षकले उत्पादन गरेको बिधार्थिहरु कसरि देसको कर्णधार भए होलान त्यो सोच्न भन्ने कर लाग्छ ।

दिनलाई दिन, रातलाई रात अनि अध्यारोलाई अध्यारो र उज्यालोलाई उज्यालो भन्ने हिम्मत गर्न नसक्ने व्यक्तिले हाकेको देस नेपालले कहिले पनि उन्नति र समृद्धिको पथमा लम्किन सक्दैन भन्ने प्रमाण आज आएर प्रचण्डले दिएका छन । आफुलाई प्रधानमन्त्रीको कुर्चिमा पुर्याउने शक्तिहरु राजतन्त्रको समर्थनमा बोल्यो भनेर रिसाउलान भन्ने भयले पनि त्यस्तो आलाकाँचो भनाई ब्यक्त गरेका हुन सक्छन !

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu