ममता लिएर आएकी ममता पहिलो पल्टै किन यति भाइरल हुदैछिन (भिडियोसहित)

मिठो स्वरकि धनि उदायिमान गायिका ममता गुरुङले आफ्नु पहिलो गीति एल्बम ”ममता” लिएर दर्शकको माझमा आएकी छिन , गत २६ अप्रिलमा   ५ वटा गीत रहेको उनको एल्बम सार्बजनिक भएको छ र त्यही गीतहरु मध्येबाट एउटा गीत ”बाधन बाधन मायाले मलाई” को म्युजिक भिडियो पनि केहि दिन अघि आफ्नै युट्युब च्यानल ममता मार्फत सार्बजनिक गरेकी छिन | अहिलेका चर्चित मोडल पुष्पल खड्कासंग गायिका ममता गुरुङ आफैले मोडलिङ गरेको उक्त भिडियो अहिले चर्चाको चुलीमा छ |

रोमान्टिक म्युजिक भिडियोमा गायिका साथै मोडल ममता गुरुङको अभिनय उत्कृष्ट रहेको देख्न सकिन्छ साथै मोडल पुष्पलको अभिनय पनि उनको अरु म्युजिक भिडियोमा जस्तै राम्रो छ | सो गीतको रचनाकार पनि गायिका स्वयं आफै हुन् | यसरी सुमधुर स्वरकि धनि ममतामा रचनाकार र अभिनयको पनि ठुलो प्रतिभा रहेको प्रष्ट हुन्छ | यो म्युजिक भिडियोमा ममतालाई स्वरमा साथ थिएका अर्का गायक ताराप्रकाश लिम्बुको स्वर पनि उत्कृष्ट रहेको छ भने सो गीतलाई उनै गायक ताराप्रकाश लिम्बुको संगीतले अझ उत्कृष्ट रहेको भिडियो हेर्दा सबैले अनुभव गर्न सक्नेछन् | उक्त म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् | पानाखबरसंग कुरा गर्दौ नेपाली संगीतको क्षेत्रमा एक नयाँ आशा लिएर आएकी गायिका ममता गुरुङले नेपाली गीत संगीतको क्षेत्रमा सदा लागिरहने प्रण गरेकी छिन |

सुरिलो आवाज साथै बहुमुखी प्रतिभाकि धनि उदायिमान गायिका ममता गुरुङलाई  पानाखबरको तर्फबाट उज्वल भविष्य सफलताको शुभकामना सहित सिंगो टिमलाई हार्दिक बधाई छ  यति राम्रो रोमान्टिक म्युजिक भिडियोको लागि !

Mamata Gurung’s Debut Album ‘Mamata’. Released audio on 26th April 2017. Official Music Video released on 25th June 2017.A very romantic Love song. Featuring Mamata Gurung/Pushpall Khadka.

Badhana Badhana Mayale Malai..
Album: Mamata
Vocal: Mamata Gurung/Tara Prakash Limbu
Lyrics: Mamata Gurung
Music: Tara Prakash Limbu

Arrange: Sahash Shakya
Recordist: Chandra Chaudhary
Mixing: Chandra Chaudhary
Studio: Acoustic

Artists: Mamata Gurung/Pushpall Khadka
Camera: Durga Paudel
Editor: Nishan Ghimire
Director: Arjun Adhikari
Costume: Kanchen Gurung

२० अषाढ २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu