साझा सवालको पहिलो भागमा प्रधानमन्त्री रहेका स्व. गिरिजाप्रसाद कोइराला अतिथि थिए (भिडियो)

गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए। उनी चार पटक नेपालको प्रधानमन्त्री भए – १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म। उनी सन् १९५९ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।

उनी नेपाली काङ्ग्रेसका सभापति र सात राजनैतीक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका थिए। उनले आफ्नो राजनैतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए। वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भयो।

धेरैले गिरिजाप्रसाद कोइरालालाई सत्ता र शक्तिको लागि मरिहत्ते गर्ने नेताको रुपमा लिन्छन् भने,कहिले भने माओबादीलाई शान्ति प्रकृयामा ल्याउन र गणतन्त्रको लागि अहं भूमिका खेलेका भन्दै उनको प्रसंशा पनि गर्ने गरेका छन्।

बिबिसी साझा सवालको पाँचसय भागमा प्रधानमन्त्री शेरबहादुर देउबा अतिथिको रुपमा निम्त्याइएका थिए। कार्यक्रममा उपस्थित सहभागीहरुले देउबालाई बिभिन्न प्रश्न र जिज्ञासाहरु राखेका थिए। सहभागीहरुको प्रश्नको उत्तर सहज रुपमा नदिएको र प्रश्नकर्ताहरु सँग रिसाएको भन्दै देउबाको आलोचना भएको छ।

साझा सवालको पहिलो भागमा स्व.प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अतिथिको रुपमा निम्त्याईएको थियो।त्यतिबेला कार्यक्रममा उपस्थित सहभागीहरुले शान्ति प्रकृया लगायत विभिन्न समस्याको बारेमा जिज्ञासा र प्रश्न गरेका थिए।जसको जवाफ गिरिजाप्रसाद कोइरालाले सहज रुपमा दिएका थिए।

हेरौं भिडियो

प्रकाशित मिति : असार २२ बिहिबार-२०७४
 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu