प्रियंका चोपडालाई न्यूयोर्कमा पछाडीबाट यसरी झम्टिने को हुन् ?

बलिउडमा मात्रै होइन हलिउडमा पनि आफ्नो अभिनयको जादुले चर्चा कमाएकी ‘देसी गर्ल’ प्रियंका चोपडा यतिबेला आफ्नो दोस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को छायांकनमा ब्यस्त छिन्। जसको छायांकन  न्यूयोर्कमा भइरहेको छ।

यो फिल्ममा प्रियंका योग दुत बनेर लिआम हेम्सवर्थ र रिबेल विल्सन जस्ता कलाकारहरु सँग काम गरिरहेकी छिन्।

यसै चलचित्रको छायांकनको क्रममा प्रियंकाले एक लुटेराको सामना गर्न पर्ने हुन्छ र जो प्रियंकाको बेहोसीको फाइदा उठाउन खोज्छ। यसै दृश्यको छायांकनको क्रममा खिचिएको तस्वीरहरु अहिले खुब भाइरल भइरहेको छ।

चर्चित अमेरिकी टेलिभिजन शो,’क्वान्टिको’ मा काम गरेपछि प्रियंका बलिउडमा जम्न थालेकी हुन्।

प्रकाशित मिति : असार २८ बुधबार-२०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu