‘संबिधान संशोधनको अर्थ हिन्दिलाई राष्ट्रिय भाषा बनाउने र अंगिकृतलाई राष्ट्रको प्रमुख पद दिन नै हो’

हालै सम्पन्न ६ वटा प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । तर अझै प्रदेश नम्बर दुईका ८ वटा जिल्लाका १ सय २७ वटा स्थानीय तहको निर्वाचन हुन बाँकी नै रहेकाले एमाले वा का“ग्रस कुन दलको पल्लाभारी होला ?

भनी हाल्ने अबस्थ छैन । तर यता संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने राजपाको निर्णयले २ नम्बर प्रदेशको निर्वाचन अझै अन्यौलमा छ । नेकपा एमाले तत्काल संशोधनको पक्षमा छैन् । राप्रपाको ठुलमुल चरित्र नौलो होइन् ।

यो अवस्थामा मधेसको मुद्धा कसरी सम्बोधन हुन्छ त ? आखिर एमाले के चाहन्छ ? हालै सम्पन्न ६ प्रदेश र बाँकी एक प्रदेशको आगामी निर्वाचनलाई एमालेले कसरी हेरेको छ ? पार्टी भित्र अन्तरघात फेरि बढ्दै गएको हो ?

मधेशको मुद्धा एमाले कसरी सम्बोधन होस भन्ने चाहान्छ, ? लगायत समसामयिक विषयहरुको जवाफ खोज्न नेकपा एमालेका महासचिब इश्वर पोखरेल आजको टफटकमा ।

टफटकमा दिलभूषण पाठकसंग एमालेका प्रभावशाली महासचिब ईश्वर पोख्रेलले ब्यक्त गरेका विचारहरु :

वर्तमानमा प्रस्तावित संबिधान संसोधनमा हिन्दि भाषालाई कसरी राष्ट्र/राष्ट्रिय भाषा बनाउने भन्ने मधेशबादी दल र कांग्रेस-माओबादी केन्द्रले गरेको षड्यन्त्रलाई साह्रै सरल र सहज ढंगले बुझाउदै हिन्दि भाषालाई कुनै पनि हालत राष्ट्र/राष्ट्रिय भाषाको रुपमा मान्यता दिने संबिधान संसोधनको विपक्षमा एमाले उभिएको जानकारी दिए ।

प्रस्तावित संबिधान संसोधनमा नागरिकताको बिषय पनि देशको अस्मितासंग गाँसिएको छ यो नागरिकता संसोधनको सिधै अर्थ अंगिकृत नागरिकलाई सिधै नेपालको राष्ट्रपति , प्रधानमन्त्री , सभामुख , प्रधानन्यायाधीश हुने लगायत संबैधानिक प्रमुखमा न्युक्ति पाउनको लागि गगरिदै छ र त्यसलाई एमालेले चट्टानी अडान लिएर बिरोध गरेको भन्दै प्रष्ट पारे ।

नेपालको राष्ट्रिय एकता ,अखण्डता , सार्बभौम सत्ताको बिरुद्ध हुने जुन सुकै राष्ट्रघातलाई पनि आँखा चिम्लेर समर्थन गर्न सक्दैन भन्दै नेपालको राष्ट्रिय एकता ,अखण्डता , सार्बभौम सत्ताको रक्षार्थ कुनै हालतमा कसैसंग एमाले नझुक्ने कुरा बताए ।

अन्तर्वार्ताको क्रममा नेता पोखरेल र पाठक बीच निकै शालीन चर्काचर्की पनि परेको देख्न सकिन्छ बीच बिचमा ।

ओली सरकारको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रि कमल थापाले संबिधान संसोधनको पहिलो संसोधनको ४ बुँदे किन भारतलाई बुझाएको भन्दै दिलभूषण पाठकले सोधेको प्रश्नमामा नेता पोख्रेलले गजबले जवाफ दिदै त्यो चार बुँदे भारतलाई बुझाएको होइन तत्कालिन परराष्ट्र मन्त्रि थापाले के कस्तो प्रोसेस हुदै छ भन्ने जानकारी मात्रै दिएको हो भने ।

केहि दिन पहिले प्रधानमन्त्री देउवाले संसदको चुनाब सार्ने र संसदको म्याद एक बर्ष थप्ने बारे दिएको अभिव्यक्तिले नेता पोखरेलले कड्किएर जवाफ दिदै चुनाव सार्नु पर्छ र संसदको म्याद थप्नु पर्छ भन्ने प्रधानमन्त्री देउवा के जंगबहादुर हुन् ? र उनले भनेको अनुसार सबै हुने हो र ? भन्दै प्रदेशको संसद र संघीय संसदको चुनाब माघ ७ , २०७४ अघि नै गरिसक्नु पर्ने एमालेको दह्रो धारणा रहेको प्रष्ट पारे ।

हेर्नुस गजबको शालीन चर्काचर्की भिडियो अन्तर्वार्ता

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu