‘मनैमा राखे तिमीलाई’ भन्दै धरानकि देशु बेलायतमा पो उदायिन (भिडियो)

बिदेशिय पछि नेपाल प्रतिको मायाँ अझ गाढा हुने गर्दछ भन्ने कुरा अहिले बिदेशमा रहेका नेपालीहरुले बिभिन्न बिधामा जस्तै नेपाली गीतसंगीत प्रतिको मोहले अनुभव गर्न सकिन्छ । बिदेशमा बस्ने नेपालीहरु गीतसंगीत  सुन्ने मात्र होईन, आफैले गित लेख्ने, गाउने संगीत  दिने कलाकारहरुको सख्याँ पछिल्लो दिनहरुमा ह्वातै बढेको पाईन्छ ।

यसलाई पछ्याउदै  “मनैमा राखे तिमीलाई “ भन्ने बोलको गीतमा स्वर दिएर अहिले चर्चाको शिखरमा छिन देशु गोले हाल युकेमा रहेकी गोले धरानकि स्थायी बासिन्दा हुन्  ।गोलेले दर्जनभन्दा बढी गीतमा स्वर दिएर बेलायतमा मात्र नभएर नेपाल लगायत  बिभिन्न देशमा रहेका नेपालीहरुको प्रसंसा पाउन सफल भएकी छन ।

आधुनिक गायिका देशु गोले र गायक रोम लामाको स्वरमा सजिएको “मनैमा राखे तिमीलाई “ बोलको गीतको म्युजिक भिडियो सहित युट्युब बाट सार्वजनिक गरेको छ । सार्वजनिक भए लगत्तै उनको गित हिट रहेको फिडब्यकहरु आईरहेको छ । माउन्टेन प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको सो  आधुनिक गीत’ मनैमा राखी तिमिलाई” हाईलाइट नेपालले बजार ब्यबस्थापन गरेको छ । यस गीतमा  देशु गोलेलाई अर्का गायक रोम लामाले साथ दिएका छन्  भन्ने संगीत र शब्द रबि मल्लको रहेको छ।

स्वर्णिम  थापाद्वारा कोरियोग्राफि गरिएको यस गीतमा अभिनय सोर्निम थापा र अनिशा श्रेष्ठ रहेको छ । सुमधुर आवाजकी  धनी देशु गोलेले नेपाली गायन क्षेत्रमा नयाँ आयम दिन सक्ने ठुलो सम्भावना देखिन्छ ।

Desh Kumari Tamang Presents!

Song: Manai Ma Rakhi Teme Lai
Singer: Rom Lama, Deshu Gole
Artist: Swornim Thapa, Anisha Shrestha
Lyrics/Music: Rabi Malla

Arranger: Uday Raj Paudel
MUA: Divya Shrestha
Choreographer: Swornim Thapa

DIR/CAM/Edit: Kevin Aryal
Post: Mountain Production Nepal

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu