चीनका ब्यापारीले मोजा भित्र आफ्नै आठ बर्षका छोरालाई हालेर बनाए हाँस उठ्दो बिज्ञापन

चीनमा आफ्नो कम्पनीमा उत्पादित सामानहरु बेच्न कम्पनीहरुले अनौठा र अचम्म लाग्ने बिज्ञापन बनाउँने गर्छन्। यस्ता बिज्ञापनहरुले प्रसंशा मात्रै बटुल्ने होइन उनीहरुको सामानहरुको बिक्रि पनि ह्नात्तै बढ्न जान्छ।

हालैँ चीनमा एक अनौठो र हाँस उठ्दो बिज्ञापन भाइरल भईरहेको छ। जसमा आफ्नो उत्पादन बेच्नको लागी एक व्यापारीले आफ्नै आठ बर्षको छोराको साहारा लिए।

एक कपडा व्यापारिले ग्राहकहरुमा मोजाको मजवुतीको प्रमाण दिन लागी आठ बर्षको छोरालाई मोजाभित्र हालेर उठाए।ग्राहकहरुलाई मोजा बलियो र टिकाउ रहेको सन्देश दिनको लागी यसो गरिएको हो। ब्यापारीले धेरै पटक मोजाभित्र रहेको आफ्नो छोरालाई तलमाथी गर्दै उचालीरहेको देख्न सकिन्छ।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : साउन १ आइतबार-२०७४ 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu