अनेकस इजरायलको अध्यक्षमा भोजराज क्षेत्री,राजदुत थापाले भने-दुताबासलाई माइती र मामाघर सम्झेर आउनुस्

तेलअभिब : हरेक बर्ष असार २९ गते पर्ने नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती गत शुक्रबार १५ तारिख इजरायलको रमादगान स्थित पार्क लुमीमा मनाईयो। कार्यक्रममा नेपाली राजदुताबास इजरायलका राजदूत निरन्जन कुमार थापा प्रमुख अथिति थिए। कार्यक्रमको सभापतित्व अनेकस केन्द्रिय उपाध्क्ष भगवती बस्नेतले गरेकी थिइन्।

इजरायलमा स्थापना हुन लागेको साहित्यिक चौतारी नेपालको पहिलो कार्यक्रममा अन्तराष्ट्रीय नेपाली कलाकार समाज र अन्तराष्ट्रीय नेपाली साहित्य समाजको सहकार्य भएको थियो।

मनोरन्जनात्मक,साहित्यिक माहौल र वनभोज सहित सम्पन्न भएको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरु,साहित्यकारहरु लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले आफ्ना कविता,गजल जस्ता रचनाहरु वाचन गर्दै नेपाली साहित्यमा आदिकवी भानुभक्त आचार्यको योगदानको समेत चर्चा गरेका थिए भने,कलाकारहरुले नाचगान गर्दै कार्यक्रमलाई रमाईलो माहौल बनाएका थिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत थापाले- यस्ता कार्यक्रमहरुले इजरायलमा कार्यरत नेपालीहरुलाई उर्जा मिल्ने, र आफ्ना प्रतिभाहरु देखाउन र अझैँ तिखार्न मद्धत मिल्ने र जमघटले नेपालीहरु बिच एकता र आपसी भाईचारा बढाउन मद्धत मिल्ने बताए। साथैँ उनले नेपाली दुताबास इजरायलमा रहेका सबै नेपालीहरुको दु:ख सुखमा साथ र अफ्ठेरो परेको बेलामा मद्धत गर्न सधैँ तयार रहेको हुँदा महिलाहरुको लागी दुताबास माइती झैँ र पुरुषहरुको लागी मामाघर जस्तैँ हो भन्नुभयो।

यसै कार्यक्रममा अनेकसको पुरानो कार्यसमिति बिघठन गर्दै सर्वसम्मतिले भोजराज क्षेत्रीको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति गठन भएको थियो।

साहित्यकार तथा अनेसास इजरायलका सल्लाहकार कृष्ण थापा (कृष्णपक्ष )समाश्री, साहित्यिक चौतारी नेपालकी संरक्षक सावित्रा लुइँटेल,साहित्यकार लीला सुवेदि रिजाल,अनेसास सदस्य नुतन भुषाल,कवयित्री निर्मला खड्का र सुनिता राईले आ-आफ्नो रचनाहरु वाचन गरेका थिए। त्यस्तै बशु श्रेष्ठले मुक्त र निलम भुषालले गजल वाचन गरेका थिए भने,गोमा कार्कीले कविता सुनाएकी थिइन्।

अनेसास सदस्य कृष्ण भण्डारीले समेत छोटो मन्तव्य राखेका थिए भने कार्यक्रमकी संयोजक मुना सिग्देलले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन्।

अनेकसकी वरिष्ठ उपाध्क्ष्य रानु सुवेदिले सुरिलो आवाजमा गित गाउँदा कार्यक्रमको रौनक झनै बढेको थियो।

कार्यक्रम अनेकसकी निवर्तमान अध्यक्ष तथा संरक्षक लक्ष्मी अनुरागिले सन्चालन गरेकी थिइन् ।

प्रकाशित : साउन १ २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu