नेपाली जनसम्पर्क समिति इजरायलको बार्षिकोत्सवमा नेता विश्वप्रकाश शर्माले भने -भारतको नाकाबन्दीलाई चिकेन तन्दुरी झैँ चपाइदियौं

राम ढुंगाना –इजरायल (तेलअभिव) :नेपाली जनसम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सव गत शुक्रबार १४ तारिख तेलअभिबमा सम्पन्न भयो।
कार्यक्रमलाई नेपालदेखि आएका नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा र अर्का चर्चित केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सम्बोधन गरे।

कार्यक्रममा इजरायलमा रहेका बिभिन्न राजनीतिक पार्टिहरुका प्रवासी संगठन र संघ-संस्थाका प्रतिनिधिहरुले आफ्नो जिज्ञासा र प्रश्न सोधेका थिए।
उनीहरुले बिदेशमा आफुले भोग्नु परेको समस्या,नेपालमा संक्रमणकाल हटेर छिटोभन्दा छिटो राजनितिक स्थिरता कायम होस् र आफुले बिदेशमा रहँदा कमाएको धेरथोर पैसा आफ्नै देशमा लगानी गर्ने वातावरण बनोस्,त्यसमा काम गर्न नेताद्वयलाई आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गगन थापाले प्रवासमा रहेका नेपालीहरुको समस्याले आफुलाई छुने गरेको र घर-परिवार देखि टाडा रहनुपर्दाको पिडा आफुले महसुश गर्न सक्ने बताए। गगनले बिभिन्न किसिमका लडाई भइरहने देश इजरायलले गरेको चामत्कारिक बिकाशले नेपाललाई गिज्याइरहेको जस्तो आफुलाई लागेको बताए।

त्यस्तै अर्का चर्चित नेता विश्वप्रकाश शर्माले नेपालबाट मातृभूमिको सम्झना इजरायलमा रहेका सबै नेपाली कामदारहरुलाई सुनाए। उनले प्रवासमा बिभिन्न राजनितिक दल,जातजाति,संघ-संस्था फरक-फरक आस्था र जस्तोसुकै विचार भएपनि विदेशमा रहेका सबैलाई चिन्ने एकमात्र आधार नेपाल र नेपाली हो भन्दै बिदेशमा रहेका हरेक नेपालीले  गर्ने असल ब्यबहार देशको इज्जत र प्रतिष्ठा सँग जोडिएको हुने बताए।

बिदेशमा रहेका नेपालीहरुको मिहिनेतको पैसा आफ्नै देशमा लगानी गर्नसमेत नेता शर्माले आग्रह गरे।

नेता शर्माले अगाडी भने -ठुलो आकाश फोड्ने सपना होइन, सपना देशको लागी देख्नुपर्छ। सपना जमिनमा गाडिएको जरा जस्तो हुनुपर्छ। सपना हागा मात्र भएर हुँदैन सपनाको जरापनी हुनुपर्छ। नेपालले स्विजरल्याण्ड र स्विडेनको जस्तो सपना होइन,नेपालभित्र नेपालीहरुले सुकुनको सास बिताउँनसक्ने सपना देख्नुपर्छ। नेपाल देशलाई सम्बृद्ध बनाउँने सपना देख्नुपर्छ। नेपाल आफैँमा गर्व गर्नसक्ने राष्ट्रका रुपमा कैयौं बिषयहरु छन्।

आम नेपालीमा सुषुप्त निराशा व्याप्त छ।विश्वका कुनैपनि देश विकशित बन्नुमा ति देशका नागरिकको मस्तिष्कबाट निराशा अन्त्य भएको छ। नेपालीहरुमा निराशा गढेर बसेको छ भन्दै नेता शर्माले नेपालीहरुको पनि मन- मस्तिष्कबाट निराशा झिकेर बस्नुपर्ने बताए।

नेपालले द्वन्द झेल्यो, भुईचालो सह्यो, नेपालीहरुले संविधान लेखेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाललाई लगाएको नाकाबन्दिमा दु:ख,कस्ट हैरानी भोग्यौ,मोदिको नाकाबन्दी लाई नेपालीहरुले चिकेन तन्दुरी झैँ चपाईदियौ। त्यसैले यत्रो दु:ख,कस्ट खपेर अगाडि बढेका हामि नेपालिहरु निराश भएर बस्नुपर्दैन,शर्माले भने।

नेपालीहरुले विदेशमा रहेर रेमिट्यान्स नपठाएको भए आज नेपाल उठ्न सक्ने थिएन,भन्दै विदेशमा रहेका नेपालीहरुले देश प्रति दिएको योगदानको कदर गरे।

नेपाली जनसम्पर्क समिति इजरायलका अध्यक्ष दिपेन्द्र थापा सभापति रहेको कार्यक्रममा राजदुत निरन्जन थापा, एनआरएनका अध्यक्ष दिपक ओली ,नेपाली जनसम्पर्क समिति इजरायलका प्रवक्ता राज छत्कुली,कांग्रेसकै भोजराज क्षेत्री,प्रबासी नेपाली मन्च इजरायलका संयोजक तिर्थ गौतम,नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य बीबी लामा तामाङ,संघीय समाजवादी फोरमका सुन्दर योन्जन तामांङ, लगायतले आफ्ना मन्तव्य राखेका थिए।

जनसम्पर्क समितिकी प्रथम उपसभापति दिपिका भुषालले स्वागत मन्तब्य राखेकी थिइन् भने  समितिका महामन्त्री खगेश्वर अधिकारी र सहमहामन्त्री गौरीमायाले कार्यक्रम  सन्चालन गरेका थिए।

हेर्नुहोस् भिडियो 

प्रकाशित : साउन १ आइतबार-२०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu