चीन र भारतलाई लडाएर फाइदा लिन खोज्ने घोष्ट लबी के हो ? जसलाई खर्बौ डलर फाइदा हुन्छ (भिडियो)

विश्वमा भएका युद्धहरु भित्र लुकेको व्यापारशास्त्रको घिनलाग्दो तस्विर

भारत र चिन बीच बढ्दो तनाब संगै त्यो क्षेत्रमा लडाई हुने सम्भावना बढेर गएको छ । आपसमा लामोसमयदेखि दुश्मन जस्तै रहे पनि विगत केहि समय यता भारत र चीन नजिक थिए तर जब चीनले वन बेल्ट रोडको अवधारणा अघि बढायो तब भारतले यसको चर्को बिरोध गर्दै छ ।

चीनले पनि अहिले खुलेर केहि संबेदनशील बिषयलाई उठाउदै भारत माथि धावा बोल्ने तयारी गर्दै छ तर यी दुई देशको आपसी लडाईमा खर्बौखर्ब डलरको फाइदा लिन दुई वटा समुह विश्वमै सक्रिय रहेको भन्दै न्युज टुडेको युटुब च्यानलमा एउटा गम्भीर खुलासा भएको छ ।

त्यो समुहलाई घोष्ट लबी र बिजनेस लबीको नामले विश्वमै चिनिन्छ ,यसले पर्दा पछाडी बसेर कसरी विश्वलाई आफ्नु नियन्त्रमा राखेको छ । संसारको शक्तिशाली सरकारलाई उल्ट्याउने शक्ति राख्ने यो समुह अमेरिका र युरोपमा रहेको हतियार कम्पनि रहेको प्रष्ट प्रमाण यो भिडियोमा देखाइएको छ ।

खाडी युद्ध अघि खर्बौ डलरको व्यापार घाटा रहेको अमेरिकामाले सो युद्ध पछि अमेरिकि अर्थतन्त्रमा अचानक आमुल प्रगति भयो जबकी अमेरिका खरौब डलर खर्च गरेर लडाई लड्दा पनि त्यस्तो आर्थिक प्रगति कसरी भयो ? त्यसमा कसरी युद्धलाई ब्यापारमा परिवर्तन गरिन्छ ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको साउदी भ्रमण पछि विश्वमा भएको हतियारको बिक्री पनि यो भिडियोमा देखाईएको छ र ट्रंपलाई जिताउन त्यो समुहले खेलेको खेल पनि प्रष्टरुपमा देखाइएको छ ।

४३ देशमा हतियारको आवश्यक छ भन्दै द्वन्द पैदा गराएर खरौब डलरको व्यापार गरीयो तर त्यसमा २३ देशलाई हतियारको आबश्यक नै नरहेको डरलाग्दो तथ्य सार्बजनिक भयो ।

११० बिलियन डलर व्यापार घाटा भएको अमेरिकाले खाडी युद्ध पछि ९९ विलयन डलरमा कसरी आफ्नु व्यापार घाटा कम गर्न सफल भयो हेर्नुस यो गजब दमदारको भिडियो । भारतीय मिडियाले आजसम्म गरेको सबैभन्दा निष्पक्ष प्रमाणसहितको यो भिडियो ।

आतंककारी समुह आइएसको प्रमुख बग्दादी जो एक कबिलाको मुखिया मात्रै हुन् तर त्यही बग्दादीले विश्वको २३ देशको शक्तिशाली सेनालाई कसरी हलाउदैछन् ।

चीन र इण्डियाका बीचमा युद्ध भडैकाउने दाउमा हतियार गिराेह। अमेरिकाकाे APPS नामक संस्था यसकाे मूख्य याेजनाकार। खाडि संकट, पाकिस्तानसंगकाे मुठभेड, साेभियत संघकाे विघटन, इरान-इराक युद्ध अादिमा पनि अमेरिका र यूराेपका हतियार गिराेहहरूकाे महत्वपूर्ण हात। अाफ्नाे अर्थतन्त्रमा संकट अाएपछि यूराे-अमेरिकी हतियार गिराेहहरूले युद्धकाे डिजार्इन बनाएर पैसा कमाउने गर्दै अाएकाे।

समय छदै नेपालले पनि यस्ता तत्वहरुको पहिचान गरि नेपाललाई पनि द्वन्दको स्वर्ण भुमिबाट बन्नबाट बचाउन सक्नु पर्छ नत्र नेपाल भित्र पनि यस्तो खेल हुदैन भन्नु सकिन्न किनकी चिन र भारत बीच युद्ध भए नेपाल पनि अछुतो रहन सक्दैन ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu