मतपत्र च्यातिएको भरतपुरको फैसला सर्वोच्चले आज सुनाउनसक्ने

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ को अन्तिम सुनुवाई आज हुदैछ । सर्वोच्च अदालतले गत असार २६ गते हेर्न नभ्याएपछि अन्तिम सुनुवाई आजका लागि सारिएको हो ।

आज सुनुवाईका लागी ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको संयुक्त इजलासमा परेको छ । उक्त इजलासमा आज एउटा मात्र मुद्धा परेकाले पुनः निर्वाचन वा पुनः मतगणना भनेर आजै फैसला हुने अनुमान गरिएको छ ।

भरतपुर १९ मा मत गन्ने क्रममा दलका प्रतिनिधीले ९० ओटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले अनुसन्धान र प्राप्त प्रमाणका आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

तर आयोगको निर्णयविरुद्ध त्यहि वडाका एमालेका खुला सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : साउन २ सोमबार-२०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu