‘’ब्रम्हा, बिष्णु र महेश्वर’’ नै बिज्ञानको ‘’इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन’’ रहेछ – चिन्तामणि योगी 

केही वर्षअघि अष्ट्रेलियाको सर्वोच्च अदालतले त्यहाँका हिन्दूहरुलाई चिठी पठाएर सोध्यो,‘तपाईहरुको सर्वमान्य हिन्दू ग्रन्थ कुन हो ?’ ।
अष्ट्रेलिया निवासी हिन्दूहरुले जवाफ पठाए, ‘गीता ।’

अहिले त्यहाँको सर्वोच्च अदालतमा गीतालाई स–सम्मान राखिएको छ । एटलान्टामा ‘वैदिक वल्र्ड एशोशिएशन अफ वैदिक एजुकेशन स्टडीज वेभ्स’ भन्ने संस्थाको स्थापना भएको छ ।

न्यूयोर्कमा अमेरिकन संस्कृत इन्स्टीच्यूट’को स्थापना भएको छ । फ्लोरिडामा ‘हिन्दू युनिभर्सीटी अफ अमेरिका’को स्थापना भएको छ । लस एन्जलसको ‘क्लेयरमोन्ट युनिभर्सीटी’मा ‘हिन्दू स्टडीज डिपार्टमेन्ट’को स्थापना भएको छ र त्यसको प्रमुख धादिङका छन् दिपक सिम्खडा । अक्सफोर्ड युनिभर्सीटीमा संस्कृत विभागको स्थापना भएको छ त्यसको प्रमुख छन् नेपालकै बाल्मिकी क्याम्पस पढेका दिवाकर ।

विज्ञानको विकासको क्षेत्रमा पनि पश्चिमले पूर्वकै अनुशरण गरेको हो । हाम्रो शास्त्रले धेरै पहिले सारा विश्वको मुलमा आत्मा छ भनेर भनिसकेको हो । प्रारम्भिक बिन्दु नै आत्मा र चेतना भनिएको थियो, त्यसैलाई आजको विज्ञानले ‘क्वान्टम कन्ससनेस’ भनेको छ । पहिला त विज्ञान मात्र भन्थे, अहिले विज्ञानले व्याख्या गर्दैै जाँदा बायोलोजी, क्यामेस्ट्री आयो । पहिला ‘एटम’ मात्र भन्थे । त्यसको पनि भित्र पस्दै गए । ‘इलेक्ट्रोन’, ‘प्रोटोन’ र ‘न्यूट्रोन’ भन्दै गए । आखिर ‘इलेक्ट्रोन’, ‘प्रोटोन’ र ‘न्यूट्रोन’ भनेको छ हाम्रो ‘त्रिदेव’ र ‘त्रिदेवी’ पो रहेछन् । अर्थात ब्रम्हा, विष्णु, महेश्वर या लक्ष्मी, सरस्वती र काली ।

सारा विश्व ब्रम्हाण्डमा ‘द पावर अफ ट्रिनिटी’ अर्थात त्रिगुणात्मक शक्तिबाट यो श्रृष्टी परिचालित भएको रहेछ । पश्चिमा विज्ञानले जतिजति यसका बारेमा खोज्द्रै गए, पूर्वीय दर्शनमा उनीहरुको झन्झन् रुची बढ्दै गएको पाइयो ।

चिन्तामणि योगी

चिन्तामणि योगी

नासाका वैज्ञानिकहरुले अचेल नियमित रुपमा विशेष कोचिङ क्लासका रुपमा संस्कृत अध्ययन गर्न थालेका छन् । किनभने नासाले अन्तरिक्षमा पठाएका स्याटलाइटहरुसँग पृथ्वीबाट सम्पर्क स्थापित गर्न खोज्दा अन्य कुनै पनि भाषाको म्याचिङ भएन । शब्दको पनि वजन हुँदोरहेछ । यहाँबाट अंग्रेजीमा पठाएको संकेत अन्तरिक्षमा जाँदा त्यो वीचमै हराउँदोरहेछ । डिस्प्लेस हुँदोरहेछ र त्यसो हुँदा त्यो शब्दले दिनुपर्ने अर्थ या संकेत नखुल्दोरहेछ । अंग्रेजी, जर्मनी, चाइनिज भाषामा सन्देश पठाए । तर, लाखौं माइल परको यात्रा गरेर जाँदा ती भाषाका शब्दहरु बायाँको दायाँ, दायाँको बायाँ हुँदारहेछन् । अन्तरिक्षको विराटतालाई चिर्नसक्ने सामथ्र्य ती शब्दहरुमा भएन । त्यसपछि वैज्ञानिकहरुले संस्कृतबाट सन्देश पठाउँदा भन्न खोजेको सन्देश पुग्यो । अर्थात सही सन्देश कन्भे भयो । किनकी संस्कृतमा कर्ता, कर्म र क्रियालाई अगाडि÷पछाडि जता राखे पनि हुन्छ । जस्तै, ‘अहम् पठामी संस्कृतम्’ भने पनि भयो, ‘पठामी अहम् संस्कृतम्’ भने पनि भयो अनि ‘संस्कृत् अहम् पठामी’ भने पनि भयो । त्यही भएर संस्कृत भाषालाई नासाले आफ्ना यन्त्रहरुमा सन्देश पठाउनका लागि अपनाउन थालेको छ ।

नासामा अहिले भारद्वाज ऋषिले लेखेको विमानशास्त्रका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ । आखिर ‘पुष्पक विमान’ के हो त ? भन्ने अध्ययन भइरहेको छ । अन्तरिक्षको खोजको बारेमा हामी धेरै अगाडि गइसकेका थियौं । हामी अहिले पनि आफ्नो नियमित वैदिक मन्त्रमा ‘अन्तरिक्ष शान्ति’ भन्छौं । अमेरिकाको एपोलो मिसन र रुसले स्पूतनिक मिसन अन्तरिक्षमा पठाउनुभन्दा धेरै वर्ष पहिले नै हाम्रा ऋषिमुनीहरुले अन्तरिक्षमा पनि अशान्ति हुन्छ भनेर कसरी थाहा पाए त ? अन्तरिक्षबाट हुनसक्ने खतराबाट पृथ्वीलाई बचाउनकै लागि अन्तरिक्ष शान्ति भनिएको हो । अन्तरिक्ष चेत पहिले नै हामीमा थियो । यो ब्रम्हाण्डमा हजारौं सूर्य छन् भनेर भारद्वाज ऋषिले खोजिसकेका थिए, उनको त्यो खोजलाई नासाका वैज्ञानिकहरुले अहिले आएर विशेष अनुसन्धान गर्दैछन् ।

कम्प्युटर विज्ञानमा पनि संस्कृत भाषाको प्रयोग गर्दा सहज हुने कुरा पत्तो लागेको छ । सिंगल डट गर्ने कि डबल डट गर्ने ? कम्युटर त बडा सेन्सेटिभ हुन्छ, एउटा डटमै फरक पर्छ । पासवर्ड हान्दा सिंगल स्पेश हो कि डबल स्पेश हो, त्यसमै चिप्लीन सकिन्छ । अन्डरस्कोर हो कि ड्यास हो ? त्यसमै फरक पर्छ । भनेपछि कम्प्युटरले एक्यूरेट खोज्छ । त्यस्तो एक्यूरेट भाषा संस्कृतमा सहज हुन्छ । अंग्रेजीमा त्यो सम्भव छैन । उदाहरणका लागि अंग्रेजीमा ‘प्रोग्राम’को स्पेलिङ उचयनचबm पनि हुन्छ, उचयनचबmmभ पनि हुन्छ । उच्चारण पनि फरक फरक हुन्छ । तर संस्कृतमा त्यस्तो हुँदैन, ‘जलम्’लाई ‘जलम्’ नै भन्नुपर्छ, ‘जालम्’ भन्न पाइँदैन । संस्कृत तपाई जुनसुकै मुलुकमा पढ्नुस्, त्यो एउटै हुन्छ । त्यतिमात्र हैन, संस्कृत भाषा तपाईले पाँचसय वर्षअगाडिको पल्टाउनुस्, उस्तै हुन्छ । त्यही भएर संस्कृतलाई कम्युटरको आधारभूत भाषाको रुपमा स्वीकार गरिएको छ ।

पश्चिमाहरु अहिले आएर बल्ल पूर्विय दर्शन र चिन्तनको मर्म बुझ्न थालेका छन् । भौतिक विकासले मात्र नहुने रहेछ भन्ने बुझ्न थालेका छन् । किनकी, त्यहाँ आत्महत्याको दर बढ्न थाल्यो । परिवारमा विग्रह र विघटन बढ्न थाल्यो । अमेरिकामा अहिले दश जनामा करीब ८ जना मानिस औषधि नखाई सुत्न नसक्ने अवस्थामा पुगिसकेका छन् । मानसिक रोग अत्यधिक बढेको छ ।

पश्चिमा मुलुकमा फ्रस्ट्रेशन, डिप्रेशन र टेन्सन कमन डिजिज भइसक्यो । हाम्रो पालामा हामीलाई टेन्सन भन्ने नै थाहा थिएन । थकाइ लाग्यो, भोक लाग्यो र प्यास लाग्यो भन्थ्यौं, त्यो हामीलाई थाहा थियो, तर ‘तनाव’ या ‘स्ट्रेस’ भन्ने शब्द हामीलाई थाहा थिएन । मनोरञ्जनका लागि हामीसँग आफ्नै आध्यात्मिक तरिकाहरु भएकाले दिनभरीका थकाई साँझ भजन गाएपछि सकिन्थ्यो । ‘इमोसन रिलिज’ हुन्यो । पश्चिमा मुलुकमा इमोसन रिलिज हुन नपाउँदा त्यो खाँदिदै खाँदिदै गएपछि मानिसहरु आत्तिन थाले । न त ध्यान छ, न योग छ, न प्राणायाम छ, खाली भौतिक विकास मात्र, छ शरीर त मोटो भयो, मन रिक्त हुँदै गयो । अहिले अमेरिका र जापानमा सबैभन्दा बढी आत्महत्या हुन थालेको छ । ठूला र शिक्षित शहरहरुमा परिवारहरु ‘ब्रेक डाउन’ भइरहेका छन् । विद्यार्थीहरुले असल आचरण हुन छाड्यो । एउटा १६ वर्षको विद्यार्थीले अमेरिकाको स्कूलमा अन्धाधुन्ध फायरिङ गरेर दर्जनौ मानिस मा¥यो । त्यत्रो आक्रोश र पागलपन बढ्दै गएको छ, त्यहाँको युवा पुस्तामा ।

त्यहाँ भौतिक विकास भयो, तर आत्मिक विकास हुन सकेन भने त्यस्तो देश र समाजमा असन्तुलन र असन्तुष्टी बढ्छ, बढ्छ । यही कारण आज पश्चिम पूर्वाभिमुख भएको छ । आफ्नो कमजोरी पश्चिमलाई रियलाइज हुन थालेको छ । त्यहाँ पछाडि फर्केर आफैंलाई मुल्याङकन गर्ने ओरियन्टेशन सुरु भएको छ । आज पश्चिमाहरु पूर्वाभिमुख भइरहेको बेला हामीले चाहीँ किन छाड्ने ? यो त हाम्रो मौलिक चिन्तन नै हो । अब बेला आएको छ, हामीले आफूलाई बुझ्ने र अरुलाई पनि बुझाउने ।

साभार -सरलपत्रिकाडटकम

प्रकाशित मिति २०७४ भदौ २६ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu