समयले गीतकार सुमन कार्कीलाई यस्तो वियोगान्त हालतमा पुर्‍याउछ भनेर कसले सोचेको थियो र ? (भिडियो)

हाल बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका गीतकार सुमन  कार्की गीत मात्रै होइन साहित्यका सबै विधामा कलम चलाउछन् ।

नेपाली साहित्यमा सानै देखि रुचि राख्ने कार्की जब कामको सिलसिलामा इजरायल आए र गीतकार सुनिल संगमसंग भेट भएपछि नेपाली गीत संगीत क्षेत्रमा लाग्ने उर्जा मिलेको बताउछन् । गीतकार कार्कीको पहिलो गीतको रेकर्ड २००९ तिर संगीतकार तथा गायक देवकुमार चौधरीको संगीतमा सिता श्रेष्ठको आवाज रहेको “थुङ्गा थुङ्गा मायाको फुल टिपेर ” रहेको छ , त्यस पछि दोस्रो गीत पनि देवकुमार चौधरीकै संगीतमा गायिका श्रीयसी चेम्जोङ्ग आवाजमा रेकर्ड भएको हो | साथै गीतकार कार्कीले ”स्वर्ग” नामक एल्बमका सबै गीतहरु पनि उनैले लेखेका हुन् ।

निर्देशक सुमन दाहालसंगको भेटले चर्चित संगीतकार बसन्त सापकोटा चिनजान भयो र सापकोटा कै संगीतमा तुलासा एल्बम पनि निक्लियो र चलचित्र तथास्थुमा “फूलको रंग झिके हुन्छ जुनको किरण टिपे हुन्छ ” बोलको गीतका रचनाकार पनि सुमन कार्की नै हुन् जसले गरका कार्कीलाई गीत रचनाप्रति अझै उर्जा र उत्साह मिलेको जानकारी दिदै अहिले सम्ममा ३० वटा जति गीत रेकर्ड गरिसकेका कार्कीले बताए अनुसार सबै गीतहरु सार्बजनिक भएका छैनन ।

कार्कीको  शब्दमा प्रमोद खरेल ,शिब परियार ,राजेश पायल राइ ,अन्जु पन्त दिपक लिम्बु ,अशफल थापा ,सिडी बिजय आधिकारी ,मनिषा राइ ,युबराज कडेल ,प्रताप लामा चर्चित कलाकारहरुले स्वर दिएका छन् ।

यसैक्रममा आज गीतकार कार्कीको शब्दमा रहेको ”समयले मलाई” नामक म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएको छ  । वियोगान्त प्रेम कथामा आधारित उक्त म्युजिक भिडियोको गीतमा चर्चित गायक सिडी विजय अधिकारीको आवाज रहेको छ भन्ने सरोज प्याकुरेलको संगीत रहेकोछ  साथै एरेन्जरमा मोहर सोनाम र रेकर्डडिस्टमा भोला पौडेल रहेका छन्  ।

अर्बिन , कृष्टि , जगदिश , बालकृष्ण अपेक्षा अभिनित  ”समयले मलाई” म्युजिक भिडियोको निर्देशन सरोज प्याकुरेल गरेका छन् भन्ने छायांकन र सम्पादनमा क्रमशः कंचन पोखरेल र ज्ञानेन्द्र गोपाली रहेका छन्  ।

हेर्नुस भिडियो 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu