समाजले सजाएको भ्रष्टाचार

तुल खड्का

प्रत्येक व्यक्तिका आचरण, धारणा र क्रियाकलाप समाजले गर्ने व्यवहारबाट प्रभावित भएका हुन्छन् । सामाजिक मूल्य, मान्यता र आदर्शअनुसार हरेक मान्छे निर्देशित भएको हुन्छ । सामाजिक बनोट र सामाजिक संरचनाले पनि व्यक्तिको व्यक्तित्व निर्माणमा सहयोग गरिरहेको हुन्छ । समाजका हरेक क्रियाकलाप व्यक्तिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका हुन्छन् ।
नेपाली समाज अझै पनि व्यक्त वा अव्यक्त रूपमा आर्थिक पक्षलाई सर्वोपरि राखेको पाइन्छ । हरेक चाडपर्व र विशेष दिनमा पारिवारिक रोलक्रमअनुसार ठूलाले सानालाई आशीर्वाद दिँदा पैसा दिने र धनसम्पत्तिले भरिपूर्ण होस् भन्ने शुभेक्षाले पनि पैसाप्रतिको मोहलाई बढाइदिएको छ । विगतभन्दा आज हरेक चाडपर्व, विवाह–व्रर्त र मेला–अवसर महँगा हुँदै गएका छन् । यस्तै विवाह, व्रतबन्ध वा मृत्यु संस्कारमा पनि पैसाले हैसियत देखाउने काम गर्न थालेको मात्र होइन, अन्य सार्वजनिक सेवाका लागि पनि दानदातव्य दिएर काम छिटो मात्र होइन उल्टा–सिधा काम पनि गराउन सकिने आम प्रचलनका रूपमा स्थापित भइसकेको छ । यी सबै क्रियाकलाप नेपाली समाजमा पैसाप्रतिको मोहको द्योतका रूपमा बुझ्न सकिन्छ । सुखसयल र महँगो जीवनशैलीको तीव्र मनोआङ्कक्षा कानुनी सीमा पार गर्ने मुख्य कारकतŒव बनेको छ । यस अवस्थामा व्यक्तिमा आर्थिक दृष्टिकोणबाट जायज र नाजायज कार्य छुट्याउने सामाथ्र्य ह्रास भइसकेको हुन्छ ।
सम्पत्तिका कारण छोराले बाबुलाई समेत हत्या गर्न पछि नपर्ने, दाइजोको मामिलामा श्रीमतीलाई जिउँदै जलाउने, पैसाका लागि व्यक्तिलाई अपहरण तथा हत्या गर्ने, मुलुकलाई शोषण गरी धन कमाउने कार्य नेपाली समाजमा सामान्य भइसकेका छन् । यस्तो समाजले सुशासनको पालमुनी बस्नेलाई भन्दा महलमा बस्ने भ्रष्टाचारीलाई सम्मान र आदर गर्छ । भ्रष्ट प्रवृत्तिप्रतिको आदर र कदर नै भ्रष्टाचार गर्न लालयित गर्ने ऊर्जा हुन् । यस अतिरिक्त नेपाली समाजले व्यक्तिको वैभव, बङ्गला, धनसम्पत्तिलाई बढी महŒव दिन्छ न कि उसले ती सम्पत्ति कसरी आर्जन ग¥यो र त्यसको स्रोत के हो भन्ने बारेमा नै सोधखोज । यस अर्थमा भन्नुपर्दा भ्रष्टाचारको मामिलामा हाम्रो समाज इमानदार र उदार देखिँदै आएको छ ।
भ्रष्टाचार निकै ठूलो सामाजिक सरुवा रोग हो, यसलाई बेलैमा रोकथाम तथा नियन्त्रण गर्न नसके समाजका हरेक अङ्गमा यसले निकै नराम्रो असर पार्छ । जसको प्रत्यक्ष उदाहरण अहिले हाम्रो मुलुकमा देख्न सकिन्छ । मूल्याङ्कन नै गर्ने हो भने नेपालमा त्यस्तो कुनै क्षेत्र वा निकाय छैन जुन भ्रष्टाचारमुक्त छ । यसैले पनि भ्रष्टाचार नियन्त्रण सभ्य समाज विकासका लागि अनिवार्य आवश्यकता हो । हरेक व्यक्तिले गरेका कानुन विपरीतका कार्यलाई कानुनले दिने सजायको मूल्यभन्दा समाजले दिने दण्डको मूल्य निकै महँगो हुन्छ । त्यसकारण समाजले सक्षमता, सजगता, सचेतीकरण र सशक्तिकरणको अभियान चलाउँदै भ्रष्टाचारजन्य गतिविधिविरुद्धमा सामूहिक आवाज उठाउन थालेको अवस्थामा भ्रष्टाचार नियन्त्रणको अभियानलाई ठूलो सहयोग हुन्छ । भ्रष्टाचारीलाई समाजले एक्ल्याउने वा बहिष्कृत गर्ने जस्ता कार्य गर्दा भ्रष्टाचार नियन्त्रणमा निकै राम्रो प्रभाव पर्छ ।
भ्रष्टाचार र अनुचितकार्य दुवैलाई समाजले ढाकछोप नगर्ने र सामाजिक सुशासनको अवस्थालाई सुदृढ पार्न पहरेदारी भूमिका निर्वाह गर्न सकेको खण्डमा सामाजिक विकासले गति लिन थाल्छ । सामाजिक विकासमा आएको सुस्तताको भित्र कारण भ्रष्टाचार हो भन्ने ज्ञान जुन दिन बहुसङ्ख्यक व्यक्तिले आत्मसात् गर्छन्, त्यो दिन सुशासनका लागि पहिलो सुनौला किरण हुन सक्छ ।

(गोरखापत्र अनलाईनबाटा साभार)

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu