गरिब र भोकमरी देश भनेर प्रचार गरिएको उत्तर कोरियाको भव्यता यस्तो देखियो

प्योङ्याङ, भदौ २६। उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा गत  बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको थियो ।अमेरिका लगायत पश्चिमा जगतले उत्तर कोरियालाई भोकमरिको देश भनेर प्रचार-प्रसार गरेपनि उत्तर कोरियाको भव्यताले त्यस्तो प्रचारलाई पूरै गलत साबित गरिदिएको थियो ।

उत्तर कोरियाले गत शनिवार आफ्नो स्थापनाको ६९ औं वर्षगाँठ मनाएको छ।एकातर्फ उत्तर कोरियाको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रयास गरिरहेको छ भने अर्कोतर्फ आफ्नो स्थापना दिवसका अवसरमा उत्तर कोरियाले अमेरिकाविरुद्ध उभिन सक्ने र विश्वस्तरीय सैन्य सामर्थ्य भएको प्रदर्शन गरेको छ।

जापानी समाचार संस्था क्योदोका अनुसार उत्तर कोरियाको सबैभन्दा प्रभावशाली पत्रिका रोडोङ सिनमुनले आफ्नो अग्रपृष्ठमा मुलुकको प्रशंसा गर्दै लेखेको छ, “उत्तर कोरिया कसैसँग हार्न नसक्ने परमाणु शक्ति सम्पन्न राष्ट्र हो।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको छ।

अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेषगरी अमेरिकाको भविस्य रहनेजस्तो टिप्पणी गर्दै उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उत्तर कोरियाले संसारलाई सन्देश दिएको छ ।

 

 

केहि समयअघि रुसका राष्ट्रपति भ्लाम्दिर पुटिनले उत्तर कोरियाका जनताहरु घास खाएर बस्ने तर आणविक कार्यक्रम नरोक्ने बताएका थिए।

उत्तर कोरियाको पछिल्लोपटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।
उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २०७४ भदौ २६ सोमबार -२०७४ 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu