हामी दुईको असल मित्रताको उदाहरणको रुपमा हाम्रो मृत्युपछि हुलाक टिकट छापियोस् : मह जोडी

नेपालको कला क्षेत्रमा सर्वाधिक सफल जोडीको रुपमा ख्याति कमाएका वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जसलाई ‘मह जोडि’ भनेर चिनिन्छ।

नेपाली कलाक्षेत्र अन्तर्गत विशेष गरेर हास्य विधामा सर्बाधिक सफल जोडी मदनकृष्ण र हरिवंश श्रेष्ठको हो।

एपिवन टेलिभिजनको कार्यक्रम दिशानिर्देशमा चर्चित पत्रकार विजयकुमार सँग कुराकानी गर्दै मदनकृष्ण र हरिवंशले आफ्ना विगतहरु र सहकार्यको रमाईलो शुरुवात समेत स्मरण गरे। स्व. राजा विरेन्द्रको कारण अप्रत्यक्ष रुपमा आफू दुईको सहकार्य जुरेको यसमा विरेन्द्रको अप्रत्यक्ष भूमिका रहेको बताए।

विजय कुमारले प्रश्न सोधे यत्तिको लामो सहकार्य र आत्मीयता कसरी सम्भव भयो ?विजयकुमारको प्रश्नको उत्तर दिदैं मदनकृष्ण श्रेष्ठले भने- ‘सहकार्यले अगाडि बढ्न सजिलो भयो,पैसामा कहिल्यै लोभलालच गरिएन, आम्दानी बराबर रुपमा बाँडफाँड भयो।’

रिसराग र आपसी बैमनश्यता नहुनुको कारण पनि आफूहरुको सहकार्य कहिल्यै ओरालो नलागेको र आजको दिनसम्म सैतिस बर्ष निरन्तर रुपमा सहकार्य गर्दै अगाडि बढिरहेको हो। मदनकृष्ण श्रेष्ठ र आफू बिचको सहकार्यलाई लोभ-लालच,घमण्ड र दम्भ रहितको सहकार्य बताए हरिवंशले। ]

हरिवंश अगाडी भन्छन्-मदनकृष्ण उखुको जस्तै जसरी टोकेपनी गूलियो स्वाद दिने स्वभाबको असल मानिस हुनुहुन्छ।

कला क्षेत्रमा मात्रै होइन मह जोडिको पारिवारिक सम्बन्धमा पनि उत्तिकै नजिक र घनिष्ठता छ। मदनकृष्णले आफ्नो सबैभन्दा अफ्ठेरो समयमा समेत हरिवंशलाई सम्झिने गरेको भन्दै कुनै एक प्रसंगमा आफ्नी छोरीलाई यदि मेरो मृत्यु भएमा तिमि के गर्छौ छोरि भनेर सोध्दा ‘हरिवंश अंकल’ हुनुहुन्छ नि भनेको सुनाए।

भाग्यले दिएको सम्बन्ध हो,अलग-अलग आमाबाबुको छोराछोरी भएपनी एउटै आमाबाबुको सन्तान जस्तै असल सम्बन्ध रहिआएको छ। मन र मुटु जोडिएको छ भन्दा पनि हुन्छ,हरिवंशले सम्बन्धलाई यसरी परिभाषित गरे।

मह जोडिले भने- असल मित्रताको उदाहरणको रुपमा हाम्रो मृत्युपछि हाम्रो नाममा हुलाक टिकट छापियोस् र यसले अरुलाई पनि प्रेरणा मिलोस्।

आफूहरुको मित्रताले जातिय रुपमा मिलेर बस्नुपर्ने सन्देश दिएकोले नेपाली समूदायहरु एक-अर्कासँग मिलेर बस्नुको बिकल्प नरहेको बताए।

हेरौ-अतिनै मार्मिक र भित्रि मनछुने मह जोडीसँग गरिएको कुराकानी (भिडियो)

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu