नोबेल शान्ति पुरस्कार फिर्ता गर

प्रश्नको सामना गर्न नसक्ने  डरले सुकी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नजाने भईन

२८ भाद्र/पानाखबर: बिश्व शान्ति नोबेल पुरस्कार बिजेता म्यानमारकी नेतृ आङ सानसुकी न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएकी छिन । महासंघमा भाग लिन जाँदा बर्मा छाडन बाध्य पारिएका रोहिंज्या मुसलमानको बिषयमा जवाफ दिनु पर्ने  भएको हुँदा सुकीले भ्रमण रद्ध गरेको हुनसक्ने र म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला सुकीको  यो निर्णय आएको हो ।

लामो समय सम्म बर्मामा प्रजातन्त्र स्थापनाको लडाई लडेको बेला सैनिक सरकारको नजरबन्दमा परेकी सुकीले  हिंसा विरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन् भने आलोचकहरुले सू चीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन् भनेर बिबिसीले लेखेको छ ।

प्रकाशित मिति : २०७४ भदौ २८ गते बुधबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu