नेपालकै गहिरो र ठुलो ताल: स्वर्गको टुक्रा शे फोक्सुण्डो ताल, हेर्दा स्वर्ग नै यही जस्तो लाग्छ (भिडियो)

नेपालको ७ सय टोपो नक्साहरुको अध्ययनको आधारमा नेपालमा ५ हजार ३ सय ५८ तालहरु छन् । साना ठूला गरि देशका ७५ वटै जिल्लामा ताल छन्  ।

ती मध्ये पनि हुम्लामा सबैभन्दा बढी ३ सय ८१ तालहरु छन् भने त्यसपछि बढी तालहरुको भएको जिल्लामा क्रमश ताप्लेजुङमा ३ सय ८०, कपिलवस्तुमा ३ सय ५१,सोलुखुम्बुमा ३ सय ३९, रुपन्देहीमा २ सय ८९, बाँकेमा २ सय ४३, धनुषामा २३० र डोल्पामा २१० तालहरु छन्।

४ हजार मिटिर उपचाई भन्दा माथि २ हजर १ सय ११ ताल छन् ३ हजारदेखि ४ हजार मिटरबीचमा ११६ ओटा, ५ सय मिटरदेखि ३ हजारमिटरसरम्म ४१९ ओटा, र ५ सय मिटरभन्दा होचा तालको संख्या २ हजार ७ सय १२ छ ।

४.८ किलोमिटर लम्बाई , १.६ किलोमिटर चौडाई ६५० मिटर गहिरो छ यो ताल

फोक्सुण्डो ताल बिहानपख

विश्वकै सुन्दर देश नेपालको एक सुन्दर प्राकृति उपहार– शेफोक्सुण्ड : जुन देशकै सबैभन्दा गहिरो र ठूलो ताल । डोल्पा जिल्लामा शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र रहेको शेफोक्सुण्डोको सौन्दर्य बयान : शब्दमा त के ? तपाईंलाई दृश्य देखाएर पनि वर्णन गर्न कठिन छ ।

मनसुनको बादललाई धौलागिरि शृंखलाले छेकिरहेकै बेला डोल्पा पुग्ने हो भने डेभिड स्नेलग्रोभको क्लासिकल कृति ‘हिमालयन पिलग्रिम्स’ मा उल्लेख भएको, पिटर म्याथिस्सेनको ‘स्नो लियोपार्ड’ मा चित्रित गरिए वा एरिक भालीको ‘क्याराभान’ मा देखाइएको किंवदन्ती समान दृश्यहरूले पर्खिरहेको पाइन्छ ।

तालमाथि थासु छोलिङ् गुम्बा ।

अझै पनि उति नछिचोलिएको हिमालपारिको जिल्ला डोल्पाका परिदृश्यहरू अतुलनीय रुपमा मोहकरुप र स्थिर लाग्छन् ।

फोक्सुण्डो तालबाट निस्किएको नदीमाथिको पुल

६० वर्षअघि स्नेलग्रोभले छिचोलेका यहाँका नदी, ताल र पहाडहरू उस्तै भए पनि डोल्पामा केही परिवर्तन भएको छ । कालोपत्रे भइसकेको जुफाल विमानस्थलमा सुर्खेत र नेपालगञ्जबाट दिनहुँ विमान ओर्लन्छन् ।

रुकुमतिरबाट सडक आइपुगेको त्रिवेणीबाट तीन दिन पैदल उत्तर लाग्दा पनि पुगिने जुफालबाट अर्को तीन दिन हिंडेपछि पुगिन्छ, नेपालको सबभन्दा भव्य र डोल्पाको नक्षत्र फोक्सुण्डो ताल ।

फोक्सुण्डो ताल परिसरमा बनाइएको नयाँ पर्खाल

 

यात्रामा देखिन्छ, चहकिलो हरियो वन र रिंग्मो गाउँका तरेली परेका सुन्दर फाँटहरू ।

समुद्र सतहबाट ३६११ मिटरको उँचाइमा करीब ४० हजार वर्षअघि पहिरोबाट बनेको फोक्सुण्डो तालमा १७० मिटरमाथिबाट झरना झरेको आवाज त्यहाँ पुग्नुभन्दा एक घण्टा अगाडिबाटै सुनिन थाल्छ ।

फोक्सुण्डो ताल छेउ घर भएका स्थानीय आँगनमा काम गर्दै ।

यहाँ मैले भन्नैपर्छ– प्रस्तुत कुनै पनि तस्वीरले १४५ मिटर गहिराइको यो हरियो दहमा डुबुल्की मारिरहेका पहाडहरूको दृश्यमाथि न्याय गर्न सक्दैन, तपाइँ आफैं यहाँ पुग्नुपर्छ ।

हेर्नुस भिडियोमा शे फोक्सुन्ड़ो ताल

शब्द /फोटो -जय पौडेल / हिमालखबर

प्रकाशित मिति २०७४ असोज ३१ मङ्गलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu