यो भन्दा अपराध के छ र अरु, निस्वार्थ सेवा गरेयौ, रोगी देश ओहो बचाउछु भन्यौ बाँच्यौ कि आफै मर्यौ

अहिले तेह्रौ अनसन बसिरहेका डा.गोविन्द केसीको समर्थनमा लेखिएको दमदार कविता…

हैजाबाट सधै सधै ग्रसित छन ति लेकबेसीहरु २
धर्ना बस्नु सिवाय काम छ र के गोविन्द केसीहरु २

छुट्याएन विवेकको नजरले कालो र सेतो तर
रोगीको अभाव छ यहाँ, छन् डाक्टरै डाक्टर २

छन् छर्लंग यथार्थ तैपनि अझै खै के दाउ हुन्
कर्णाली ननिको यदि भयो भने पुग्ने तिनै पाउ हुन् २

गर्दैनन किन आज भोलि झगडा आगो र पानीहरु
खाउँ क्वाप मिलिजुली सबै जना सिद्धान्त च्यातौ बरु २

आफैनै जब एम्बुलेन्स जसरी दौडियौ बिरामी लिन २
भेडाकै परिवारमा बसिरहेयौ, भेडो बनेनौ किन

खेल्छौ मृत्युसंगै परेड जहिले क्या मुर्ख खै पात्र छन्
ति आकास्मिक कक्षमा यदी गए कात्रोहरु मात्रै छन्

कस्तो पागल माफिया संग जुध्यो त्यो नै महाभूल हो
सत्य त सरकार हो बुझिसके गोविन्द खुस्केट हो

हेर्नुस भिडियो डा.गोविन्द केसीको समर्थनमा चर्चित कवि सुदेश सत्यालले लेखेका दमदार कविता…

प्रकाशित मिति २०७४ असोज २९, आइतवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu