माओवादीले आजै सरकार छोड्ने,उपप्रधानमन्त्री महराले गरे आफ्नो सामान प्याक

नेकपा माओवादी केन्द्रले आज सरकार छाड्ने भएको छ। एमालेसँग चुनावी तालमेल र गठबन्धनको घोषणा गरेपछि पछिल्लो समय सत्तारुढ नेपाली कांग्रेसँग माओवादीको दुरी बढेको थियो।

 

माओवादीका एक मन्त्रीले सरकार छाड्ने लागेको पुष्टि गरेका छन्। सरकारमा माओवादीका तर्फबाट नेतृत्व गरेका कृष्णबहादुर महराले भने ‘पार्टीको निर्णय हुन बाँकी रहेको’ बताए। महरा र उनको सचिवालयले मन्त्रालयमा रहेका सामान यसअघि नै ‘प्याक’ गरिसकेका छन्।

सरकार छाड्नु अघि गृहमन्त्री जनार्दन शर्माले १ बजे पत्रकार सम्मेलन राखेका छन्। आफूले मन्त्रालयमा रहँदा गरेका काम कारबाहिबारे जानकारी दिन लागेका हुन्। सरकारमा नेतृत्व गरेका मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर सरकारबाट बाहिरिएको जानकारी गराउने प्रचलन छ।

माओवादीले एमालेसँग चुनावी तालमेल गरेपछि कांग्रेसभित्र माओवादीलाई सरकारबाट हटाउनुपर्ने दबाब बढेको थियो। तर प्रधानमन्त्री शेबरबहादुर देउवाले राप्रपाका मन्त्रीलाई सरकारमा भित्र्याउँदै माओवादी माथि सरकार छाड्न दबाब सृजना गरेका थिए।

माओवादी केन्द्रले निर्वाचनसम्म सरकार नछाड्ने बताउँदै आएको थियो। तर राप्रपाका मन्त्रीहरु ल्याएपछि माओवादीलाई सरकारमा बस्न अप्ठेरो भयो। साथै संसदको रोष्टमबाट प्रधानमन्त्रीले केही दिनमै मन्त्रीको संख्या घट्ने भन्दै माओवादी बाहिरिने संकेत गरेका थिए।-सेतोपाटिबाट

प्रकाशित मिति : २०७४ असोज ३१,मंगलबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu