सिंहका बथानलाई भगाएर उनीहरुको शिकार खोस्ने हिम्मतिला यी आदिवासीहरु (भिडियो)

सिंह सबैभन्दा बलियो मांसहारी जनावर हो।यसले सिंहले जंगलमा पाइने साना-ठुला जनावरहरुको शिकार गरेर आफ्नो पेट भर्छ। अफ्रिक्री जंगलमा थुप्रै सिंहहरुको बथान देखिन्छ। मृग,हरिण,जेब्रा,बँदेल जस्ता जंगली जनावरहरुको शिकार यिनीहरुको मुख्य आहारा हो।

अफ्रिकाको राष्ट्रिय निकुन्जमा सिंहका बथानहरु मिलेर समेत शिकार गर्छन्। उता निकुन्ज नजिकै आदिवासीहरु बस्ने गर्छन्। ति आदिवासीहरुको मुख्य खाना भनेको जंगली जनावरहरुको शिकार गर्नु हो।

तर अचम्म लाग्दो कुरा के छ भने आदिवासीहरुले आफैले शिकार गरेर मात्रै होइन, सिंहहरुको वथानले शिकार गरेर खाँदै गरेको जंगली जनावरहरु लाई दुई-चार जना आदिवासिहरु घरेलु हतियार लिएर गएर चलाखीपुर्ण तरीकाले सिंहहरुलाई भगाएर शिकार खोसेर लैजान्छन्।

टाडाबाट कुनै सिंह देख्दा समेत मुटु जिरिङ हुन्छ भने बथानमा रहेर शिकार गरेको शिकारको मासु खादै गरेको हिंस्र्क सिंहका बथानलाई भगाएर शिकार खोसेर लानु कम बहादुरीको कुरा होइन।

हेर्नुहोस् एउटा यस्तै भिडियो ।

प्रकाशित मिति : २०७४ असोज ३१,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu