१९ बर्षका युवाले एकै बर्षमा कमाए २० लाख पाउण्ड,सबैभन्दा कम उमेरका करोडपति बने

अंग्रेजीमा एउटा भनाई छ उमेर नम्बर मात्रै हो। यो भनाईको मतलब यो हो – तपाईको उमेर धेरै र कम जे भएपनी यसले केहि फरक पार्दैन। कोहि बुढेसकाल लागिसक्दा पनि व्यबहारमा केटाकेटि झैँ लाग्छन् कोहि कम उमेरमै परिपक्क बनिसक्छन्।

हजुर, यो माथीको भनाई सँग मेल खान्छ बेलायतका एक १९ बर्षका युवक सँग। उनका साथीभाई कलेज पढ्न जान्छन् फुर्सदको समयमा क्रिकेट,फुटबल र फिल्म हल धाउछन् तर उनले सानै उमेरमा चामत्कारिक प्रगति गरेका छन्।

भारतीय मूलका अक्षय रुपारेलीया नाम गरेका १९ बर्षिय एक युवाको नाम बेलायतमा एक सफल ब्यापारीको रुपमा सामेल भइसकेको छ। उनको अनलाइन कम्पनी doorstep.co.uk १६ महिना भित्रै बेलायतको सबैभन्दा ठुला अनलाइन कम्पनीहरुको सूचीमा १८ औं नम्बरमा परेको छ।

अक्षयको कम्पनीको मूल्य एक बर्षमा २० लाख पाउण्डको भएको छ।उनी बेलायतका सबैभन्दा धनी युवामा सामेल भएका छन्।

अक्षयले आफ्नो पढाई सँगसंगै घर-जग्गा खरिदबिक्रीमा हात हाले। यो कामको लागी उनले शुरुमा सात हजार पाउण्ड ऋण लिएका थिए।तर आज उनको कम्पनीमा १२ जना काम गर्छन्।अक्षयका बाबुआमा अरु ठाउँमा सामान्य काम गर्छन्।

अक्षय अक्सफोर्ड युनिभर्सिटिमा अर्थशास्त्र र गणित बिषय पढिरहेका छन्।

प्रकाशित मिति : २०७४ असोज ३१,मंगलबार 

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu