गृहमन्त्री हुन कांग्रेसभित्र हानथाप,गृहमन्त्री बन्ने गच्छदारको रहरमा विमलेन्द्र निधि तगारो

माओवादी मन्त्रीहरुले सरकार छाड्ने भएपछि गृह र परराष्ट्र मन्त्रालयमा कांग्रेसका मन्त्रीहरुबीच नै मारामार सुरु भएको छ । सोमबार मात्र कांग्रेसमा एकता गरेका बिजयकुमार गच्छदारले गृह मन्त्रालयको दाबी गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले सरकारमा रहेका माओवादिका सबै मन्त्रीहरुलाई बिना विभागीय बनाइदिएपछि खाली रहेको गृह मन्त्रालयमा मन्त्री हुन कांग्रेसका थुप्रै नेताहरुले रहर गरेपछि देउवालाई अफ्ठ्यारो परेको छ।

गृहमा भर्खरै पार्टी प्रवेश गरेका विजय गच्छदारका साथै पूर्ब गृहमन्त्री समेत रहेका विमलेन्द्र निधिले समेत दावी गरिरहेको स्रोतले बताएको छ।

गच्छदारलाई गृह नदिन कांग्रेस नेता बिमलेन्द्र निधी नै लागेका हुन् । गच्छदारलाई गृह दिदा पार्टीमा आफु कमजोर हुने निधिको चिन्ता छ, गच्छदार कांग्रेस पार्टीमा प्रबेश गरेकोमा समेत त्यति धेरै खुशी नदेखिएका निधि पार्टी भित्र आफ्नो भूमिका कमजोर हुने र कांग्रेस भित्र मधेशको मुख्य नेता आफू मात्रै भएको भन्ने निधिलाई गच्छदारको आगमनले पिरलो परेको छ।

प्रकाशित मिति : २०७४ कार्तिक १,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu