भोकाएको चितुवाले खाएन सानो हरिणलाई ,आफ्नै बच्चालाई झैँ माया गर्‍यो (भिडियो)

चितुवा हिंस्रक जनावर हो। उसले आफ्नो भोक कसैसँग पनि सम्झौता गर्न सक्दैन। भोक लागेको बेलामा चितुवाले आफूभन्दा ठूला-साना जनावरहरु माथी हमला गरेर आफ्नो भोक मेट्छ।

चितुवा मांशहारी जनावर हो। चितुवाले जंगलमा पाईने साना हरिण,मृग बदेँल जस्ता जनावरहरुको शिकार गरेर आफ्नो भोक मेट्छ।

दक्षिण अफ्रिकाको राष्ट्रिय निकुन्जमा एउटा यस्तो दृश्य क्यामेरामा कैंद भयो उक्त दृश्यलाई देखेर सबैले अचम्म मात्रै मानेनन् अति नै सुन्दर अति नै दुर्लभ दृश्य भएको प्रतिकृया दिए।

भोकाएको चितुवाले सानो हरिणको बच्चा भेट्टयो।तर उसले उक्त हरिणको  बच्चालाई मारेर आफ्नो भोक मेटेन।चितुवाले हरिणको  सानो बच्चालाई आफ्नै सन्तानलाई झैँ माया गरिरह्यो।

हरिणको  बच्चा पनि उक्त चितुवासँग मज्जाले खेलिरह्यो।

हेरौँ भिडियो

प्रकाशित  मिति : २०७४ कार्तिक ५,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu