हाम्रो सूर्य एक्लै नभएर जोडी ताराको रुपमा अस्तित्वमा आएको वैज्ञानिकहरुको दाबी

करिब साढे चार अरब वर्षपहिले हाम्रो सूर्य एक्लै नभएर जोडी ताराको रुपमा अस्तित्वमा आएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

केही वैज्ञानिकहरुले यस्तो दाबी गरेका छन्, जसका अनुसार ब्रम्हान्डमा जन्म लिने हरेक तारा एक अर्को तारासँगै अस्तित्वमा आउँछन् ।

हाम्रो सबैभन्दा नजिकको तारा अल्फा सन्टौरी समेत केही साथी तारासँगै अस्तित्वमा आएका हुन् । खगोलविद्हरुले लामो समयदेखि यो प्रश्नको जवाफ खोजिरहेका छन् ।

खगोलविद लामो समयदेखि हाम्रो सुर्यको साथी तारा नेमेसिसको खोजी गरिरहेका छन् तर उनीहरु यसबारे सत्य पत्ता लगाउन असफल भइरहेका छन् ।

अमेरिकाको युनिभरसिटी अफ क्यालिफोर्निया बर्कलेले एक विशाल आणविक बादलको रेडियो सर्वेक्षण गरेका छन् । यो बादल पसर्यिस तारामण्डलमा हालै बनेका ताराबाट भरिएको छ ।

उनीहरुले एक गणितीय सिद्धान्तको पनि प्रतिपादन गरेका छन् । बर्कले विश्वविद्यालयका अनुसन्धानकर्ता र अध्ययनका सहलेखक स्टिभन स्टेहलरले भने, ‘हामी भनिरहेका छौं कि सायद एक नेमेसिस थियो, धेरै पहिले ।’

-राजधानी

 

प्रकाशित मिति २०७४ कार्तिक ८ ,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu