४२ बर्षकी अविवाहित सुस्मितालाई बिहे गर्छु भनेर प्रस्ताव गर्ने युवाहरुको घुइँचो

बलिउड अभिनेत्री सुस्मिता सेन त्यस्तो अभिनेत्रीहरु मध्येमा पर्छिन् उमेर बुढ्यौली तर्फ लम्किदै छ तर उनको अनुहारमा बुढ्यौलीपन बिल्कुल देखिएको छैन। ४२ बर्षकी यि अभिनेत्री सदाबहार अभिनेत्रीहरुमा गनिन्छन्। उनको उमेर झट्ट हेर्दा मानिसहरु झुक्किन्छन् उनी २०-२५ बर्षको झैँ देखिन्छिन्।

आजभोली फिल्मी क्षेत्रबाट टाडा रहेकी उनी आफ्नी दुई छोरीको लालनपालनमा व्यस्त रहेकी छिन्। फिटनेशको लागी चर्चित सुस्मितालाई आजभोली सिक्स प्याक एब्स बनाउँने भूत सवार भएको छ।

हालै सुष्मिताले इन्स्टाग्राममा आफ्नो एक तस्वीर सार्वजानिक गरिन्। उनले तस्वीरमा टिशर्ट माथी सारेर सिक्स प्याक एब्स बनाउँने बाटोमा प्राप्त गरेको सफलता देखाएकी छिन्।

सुस्मिताका अनुसार आफ्नो ४२ औं जन्मदिनमा उनले यस्तो निर्णय लिएकी थिइन् र यसको लागी उनले कडा शाररिक व्यायम गरिरहेकी छिन्।

भाइरल भइरहेको यस तस्वीरमा सुस्मिलाई केहिले राम्रो प्रतिकृया दिएका छन् भने केहिले मन बिहेको लागी प्रस्ताव गरेकी छिन्।

इन्सटाग्राममा सुस्मिताको यो फोटोमा ९० हजार लाइक्स र १३०० कमेन्टस पुगेको छ।

सुस्मिता सेन अविहाहित हुन् र उनले दुई अनाथलाई छोरी बनाएर पालिरहेकी हुन्।

प्रकाशित मिति : २०७४ कार्तिक २१,मंगलबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu