टाइगर श्राफकी प्रेमिका दिशा पाटनीले गराइन् हट फोटो शूट,तस्वीर भयो भाइरल

नायिका दिशा पाटनी जतिसुकै व्यस्त किन नहुन् उनी आफ्नो इन्सटाग्राममा हट र सेक्सी फोटो पोष्ट गर्न भने छोड्दिनन्।

एक पत्रिकाको लागी शुट गराएको फोटो उनले हालै इन्सटाग्राममा शेयर गरिन्। जसले बजार ततायो।

२०१६ बाट बलिउडमा पाइला टेकेकी दिशा पाटनी टाइगर श्राफकी प्रेमिका हुन्। उनी टाइगर श्राफ सँग बोल्ड फोटो शुट गराउँने गर्छिन् । उनलाई ‘सोशल मिडिया क्वीन’ पनि भनिन्छ।

अहिले दिशा पाटनी आफ्नो प्रेमी टाइगर श्राफसँग ‘बागी-२ को सुटिंङमा व्यस्त छिन्।उनले हलिउड सुपरस्टार ज्याकी च्यानसँग ‘कंग फू योग’ मा समेत अभिनय गेरकी थिइन्।

दिशा पाटनीले तामिल ऐतिहासिक फिल्म ‘संघमित्रा’ मा मुख्य भूमिका निभाउँदै छिन् जसमा पहिला श्रुति हसनलाई लिने पक्का भएको थियो।

प्रकाशित मिति : २०७४ कार्तिक २२,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu