इन्दिरा गान्धी एयरपोर्टमा यात्रुलाई कर्मचारीले  घाँटि थिचेर लडाएपछि भारतमा ठूलो विरोध

भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुलाइ गरेको निक्कै नै अपनानजनक व्यबहारको भिडियो भाइरल भएपछि त्यसको छानबिनको लागी सरकारले समिती गठन गरेको छ।

भारतको चेन्नईबाट इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई इन्डिगो एयरलाइन्सका कर्मचारीले अपमानजनक व्यबहार गरेका थिए। उक्त घटना एक महिना अगाडीको भएपनी भिडियो भने मंगलबार मात्रै सार्वजानिक भएको थियो।

सार्वजानिक भएको उक्त भिडियोमा एक यात्रुलाई विमानस्थलबाट बाहिर निस्कने क्रममा घाँटिमा समातेर लछारपछार गर्दै घाँटि समातेर बाहिर निकाल्न खोजेका थिए र यात्रुले प्रतिकार गरेपछि दुईजना कर्मचारीहरु मिलेर भुईमा लडाएर कुटपिट समेत गरेका थिए।

उक्त भिडियो सार्वजानिक अहिलेसम्म भारत र भारत बाहिर करोडौंले हेरिसकेका छन्।

घटनाको छानबिन गर्न भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको उड्डयन मन्त्री अशोक गजापतिले जानकारी दिएका छन्।

भिडियो भाइरल भएपछि इन्डिगो एयरलाइन्सले सार्वजानिक रुपमै माफी मागिसकेको छ। तर यात्रुमाथी गरिएको दुर्वयबहारप्रति भारतभरी आक्रोश बढेको छ भने सामाजिक संजाल प्रयोगकर्ताहरुले यसलाई जंगली र असभ्यताको राम्रो नमुना भएको टिप्पणी गरेका छन्।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ कार्तिक २३,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu