किमले ‘बुढो’ भनेर किन मेरो अपमान गर्छन्,मैले उनलाई कहिल्यै ‘मोटे र पुड्के’ भनेको छैन : ट्रम्प

पाँच एसियाली मुलुकको भ्रमणको क्रममा भियतनाम भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्टिट गरे। जुन ट्टिट हाँसो र बहस दुवैको बिषय बन्यो।

राष्ट्रपति ट्रम्पले ट्टिटमा लेखे- ‘किन उत्तर कोरियाका राष्ट्रपती किम जोङले बुढो भनेर मेरो अपमान गर्छन्,मैले उनलाई कहिल्यै मोटे र पुड्के भनेको छैन।’

आफूले किमसँग साथी बन्न धेरै कोसिश गरेको तर असफल भएको र एकदिन किम आफ्नो साथी बन्नेमा आशावादी रहेको कुरा समेत ट्रम्पले लेखेका छन्।

उत्तर कोरियाको विदेश मन्त्रालयले ट्रम्पलाई बुढा पागलले भन्दैमा आफ्नो आणविक कार्यक्रम नरोकिने बताएपछि त्यसैको प्रतिकृया स्वरुप ट्रम्पले उक्त ट्टिट गरेका हुन्।

ट्रम्प आफ्नो शाररिक हाउभाउ र अनौठो व्यवहारका कारण बेलाबेलामा चर्चामा आइरहन्छन्।केहि महिना अघि बेल्जियमको राजधानी ब्रसेल्समा नाटो मुलुकका नेताहरुसँगको बैठकमा मोन्टेनेग्रोको प्रधानमन्त्रीलाई पछाडिबाट धकलेर आफू अगाडी बढेका थिए।उक्त भिडियो भाइरल भएपछि ट्रम्पको धेरै आलोचना भएको थियो।

प्रकाशित मिति : २०७४ कार्तिक २६,आइतबार

 

 

 

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu