इराक-इरानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २०० भन्दा बढी ,

इरान र इराकको सीमा क्षेत्रमा स्थानीय समयअनुसार आज विहान गएको शक्तिशाली भूकम्पबाट २०० भन्दा बढीको मृत्यु भएको छ । आठ सय ६० जनाभन्दा बढी घाइते भएका छन् ।

विहान ६ बजेर १८ मिनेट जाँदा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट इरानका १४ राज्य प्रभावित भएका छन् ।

फोटो -एपी

अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हलबजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प ३३ दशमलव ९ किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पको कारण सो क्षेत्रमा भूक्षय गएको छ । प्रभावित राज्यहरुमा विद्युत र टेलिफोन सेवा समेत बन्द भएको छ  ।

प्रकाशित मिति २०७४ कार्तिक २७ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu