चिनियाँ कम्पनीले पाएको बुढीगण्डकी जलविद्युत् आयोजना देउवा सरकारले खारेज गर्‍यो

देउवा मन्त्रिपरिषदको बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको छ। १२ सय मेगावाट क्षमताको सो आयोजा अनियमित र हचुवा ढंगले चिनियाँ कम्पनीलाई दिएको भन्दै देउवा सरकारले उक्त  निर्णय रद्द गरेको हो।

‘अनियमित र हचुवाढंगले गेजुवा ग्रुप संग गरिएको बुढि गण्डकी जलविद्युत आयोजनाको समझौता संसदिय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ’, उपप्रधान तथा उर्जामन्त्री कमल थापाले ट्विट गर्दै भनेका छन्।

प्रचण्ड नेतृत्वको सरकारले गत जेठ ९ गते जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट्र) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको थियो।  नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई  नेपाल बिद्धुत प्राधिकरणले नै कालो सूचीमा राखेको कम्पनी हो ।

प्रकाशित मिति २०७४ कार्तिक २७ , सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu