विवेकशील साझाका नेता आचार्यलाई जापानको विश्वविद्यालयमा एसियाको बिज्ञ भनेर सम्मान गरिन्छ

वैकल्पिक राजनिती दिनपर्छ अब राजनितीमा पनि युवाहरुको हस्तक्षेपकारी भूमिका हुनपर्छ भनेर विवेकशील साझा पार्टि प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा होमिएको छ।

विवेकशील साझा पार्टिका प्रवक्ता तथा पूर्वाधारविद डा. सूर्यराज आचार्य प्रतिनिधी सभाको लागी काठमाण्डौं क्षेत्र नम्बर २ बाट  उम्मेदवार हुनुहुन्छ। आचार्यलाई जापानको विश्वबिधालयमा एसियाको विज्ञ भनेर सम्मान गरिन्छ। उनी पूर्वाधार र अर्थतन्त्र दुबैमा एकदमै राम्रो क्षमता र दख्खल राख्छन्।

आचार्यले माउन्टेन टिभीको कार्यक्रम खरो कुरामा अन्तरवार्ता दिने क्रममा बोलेका कुराहरुको सम्पादित अँश यस्तो छ:

चुनाब प्रचारको क्रममा आफ्नो क्षेत्रका मतदाताहरु सँग अन्तरक्रिया गर्ने उनीहरुको कुराहरु सुन्ने र आफ्नो पार्टिका एजेन्डाहरु जनताहरु समक्ष पुराउने कुरामा व्यस्त रहेको आचार्यले बताए।

पार्टिको मुख्य लक्ष्य यसपटक राष्ट्रिय पार्टि बन्ने र अर्को पाँच बर्षपछिको निर्वाचनपछि देशको नेतृत्व गर्ने लक्ष्य रहेको आचार्यले बताउँदै आफ्नो पार्टिको लक्ष्य र उद्धेश्य स्पस्ट रहेको दाबी गरे।

नेता आचार्यले अगाडी भने- विवेकशील साझा पार्टिले पुरानै दलहरुले जस्तैं देशलाई नै कार्यकर्तामय बनाउने र त्यस्तै खालको राजनिती नगर्ने र पुरानै शैलीलाई नपछ्याउने प्रतिवद्धता आचार्यले जनाए।

आफ्ना मतदाताहरुलाई आग्रह गर्दै नेता आचार्यले भने- पहिला विवेकशील साझा पार्टिको बारेमा खोजतलास् गर्नुस्,यो पार्टिको बारेमा बुझ्ने र अध्ययन गर्नुस् प्रश्न गर्नुस् र आफ्नो चित्त बुझेमा मात्रै विवेकशील साझा पार्टिलाई भोट दिनुस्।

आफ्नो बाँकि भविष्य र आफ्ना सन्ततिको भविष्य कसरी सुरक्षित हुन्छ त्यो विचार गरेर भोट दिन आचार्यले जनताहरुलाई अनुरोध गरे।

आचार्यले केहि मानिसहरुले पूर्वाग्रही हिसाबले विदेशीको पैसा लिएको भन्ने आरोपलाई खण्डन गर्दै भने -‘राष्ट्रिय हित,अस्मिता,सांस्कृतिक मान्यतालाई दाउमा राखेर एक रुपैंया लिएको प्रमाण ल्याउनुस् विवेकशील साझा पार्टी खारेज गर्छु।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ कार्तिक २८,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu