जनताले नाकाबन्दी भुलेका छैनन् गगनजी अहिले ‘मुर्दाबाद भने’ भनेर सस्तो लोकप्रियताको आश नगर्नु

प्रमोद टन्डन 

प्रमोद टन्डन

अहिले नेपालमा संसद र प्रदेश को चुनाव को सरगर्मी बढेको छ र यसको साथै चुनाव को प्रत्याशी उम्मेदवार घर दैलो र चुनावी भाषण मा ब्यस्त छन् ।  यसै सन्दर्भ मा नेपालीकांग्रेस का प्रभावशाली युवा नेता मानिने गगन थापा समेत चुनावी मैदान र भाषण मा ब्यस्त छन् ।  नेपालको आशा गरिएका युवा नेता मानिएका उनि वाक पटुता मार्फत मन्त्र मुग्ध पार्न सक्ने खुबी भएका नेता हुन् यसै क्रम मा उनले आफ्नो काठमाडौँ क्षेत्र न. ४ मा आफ्नो चुनावी भाषण को क्रममा कांग्रेस ले नाकाबन्दी को कठोर प्रतिरोध गरेको र आफुहरु सांसदको लोगो खोलेर मुर्दाबाद भन्दै बसेको भनेर विभिन्न संचार माध्यम मा समाचार पढ्ने अवसर पाइयो ।

भुकम्प पछि को आलो घाउ सन्चो हुन नपाउदै आर्थिक रुपमा त्यस भन्दा दोब्बर क्षति गराउने गरि नेपालले संबिधान बनाएको निहु पारेर एउटा छिमेकीले अमनावियता को हद पार गरेर औसधि समेत रोकेर जुन नाकाबन्दी गर्यो र अझै त्यसको समर्थन मा प्रत्यक्ष्य वा अप्रत्यक्ष्य समर्थन गर्ने राजनैतिक पार्टी को जति निन्दा गरे पनि कम नै हुन्छ ।  त्यस नाकाबन्दीले आम नेपाली बीच भारत प्रति जुन बैमनुस्यता उत्पन्न गरायो त्यसको घाउ पुरिन निश्चय नै केहि समय अवश्य लाग्नेछ, जुन भारत स्वोयम को लागि समेत राम्रो गरेन फलस्वरूप उसले नाकाबन्दी खोल्न बाध्य हुन पर्यो ।

नाकाबन्दी को बेला औसधि समेत नपाउदा रेकर्ड बिहिन र गुमनाम तरिकाले कति निर्दोष, सुत्केरी, बिरामी, बालबालिका को मृत्यु भयो होला? त्यसकै कारणले यात्रुबाहक बस मा पेट्रोल, डिजेल संगै ल्याउदा कति ठाउँ मा आगोलागी भएर कति मृत्यु भयो ? त्यसको सहि रेकर्ड हामि संग छ? तामाकोशी, मेलम्ची जस्ता विकास का आयोजना कति प्रभावित भए? यसको आर्थिक, सामाजिक, मनोबैज्ञानिक फेहरिस्त निकै लामो हुन्छ ।

तसर्थ एक शुभेच्छुकको नाताले, म गगन जी लाइ भन्न चाहन्छु कि, नाकाबन्दीको बेला कसले के गर्यो कसले के भन्यो त्यो घाम जुन झैँ छर्लंग छ| अहिले चुनावको बेलामा मतदाता रिझाउन ‘मुर्दाबाद भने’ भनेर सस्तो लोकप्रियताको आश गर्नु यहा जस्ता नेता को लागि नसुहाउने कुरा भयो ।  यसको मतलब जनताले नाकाबन्दी भुलेको भन्ने भ्रम यहालाई भएको देखिन्छ । आफ्नो पार्टी सरकारमा भएको बेला, प्रभावशाली रुपले पार्टीको केन्द्रिय बैठकमा कुरा राख्ने अनि बस्तुगत रुपमा नाकाबन्दी हटाउन राजनैतिक वा कुटनैतिक रुपमा आफ्नो क्षमता अनुरुप काम कारबाही गर्नुको साटो यहाको अघोषित मौनता सबै नेपाली ले देखेकै कुरा हो ।

फाइल फोटो

म यहालाई प्रश्न गर्न चाहन्छु कि त्यतिखेर नाकाबन्दीको बस्तुगत रुपमा बिरोध गर्न यहाहरुलाई कसले र केले रोकेको थियो र अहिले चुनावको बेला त्यसको याद आयो ? यसको मतलब नाकाबन्दीले नेपाल र नेपाली जनतामा के कति क्षति गरेको रहेछ, यहाहरु राम्रै संग परिचित हुनु हुने रहेछ भन्ने प्रस्ट भयो ।  यसले त झन् यहाहरुको अकर्मन्यता पो झल्क्यो त ? पुर्खाले लडेर बनाएको यो मुलुकमा अहिले हामीले लड्नु पर्दैन, अडे मात्र पुग्छ ।  विभिन्न कारण दिएर कुनै छिमेकीले आफ्नो देश बिरुद्द अन्याय गर्दा बोल्न पनि सक्दैन भने त्यस्तो नेतृत्वले भोलि मुलुकमा उनी गम्भीर संकट आउदा पार लगाउला भन्ने कसरि विश्वास गर्ने ?

तसर्थ गगनजी, अब लुटुपुटु कुराको साटो भविष्यमा यस्तो गल्ति नदोहोर्याउने प्रण गर्नुस, विकासका ठोस योजना ल्याउनुस र आश गरिए अनुसार काम गर्नुस ।  अझै पनि गोल माटोल, झुट-झाट बोलेर, अफवाह फैलाएर र मेरो क्षेत्रमा अरु आउनु हुन्न भन्ने धम्किको भाषा प्रयोग गरेर मत ल्याउछु भन्ने सोच्नु हुन्छ भने तपाई भ्रममा हुनुहुन्छ ।  नेपाली जनता अहिले धेरै चेतनशील र शिक्षित भैसकेका छन् ।

प्रकाशित मिति २८ कार्तिक २०७४ ,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu