चौथों सन्तानका बाबु बनेपछि रोनाल्डोले लेखे-प्रमिका र छोरी दुवै स्वस्थ छन्, सबै धेरै खुसी छौँ

म्याड्रिड । रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् । ३२ वर्षीय रियल म्याड्रिडका स्टार खेलाडीले २२ वर्षीया प्रेमिका जर्जिना रोड्रिग्वेजले छोरीलाई बोकिरहेको तस्विर सार्वजनिक गर्दै आफू फेरि छोरीको पिता बनेको घोषणा गरेका हुन् ।

आफ्नो इन्सटाग्राम पेजमा पोष्ट गर्दै रोनाल्डोले लेखेका छन्, ‘अलाना मार्टिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै स्वस्थ छन् । हामी सबै धेरै खुसी छौँ ।’
आइतबार साँझ म्याड्रिडस्थित कुइरोन युनिभर्सल अस्पतालमा जर्जिनालाई भर्ना गरिएको थियो ।

रोनाल्डोले गत हप्ता पिता बन्नु सुखद अनुभव भएको बताएका थिए । गत जुनमा मात्र रोनाल्डो सरोगेट आमाबाट इभा र माटेओका पिता बनेका थिए । त्यस्तै क्रिस्टियानो जुनियर पनि सरोगेट आमाबाट नै जन्मिएको अनुमान गरिएको छ ।

हिजो मात्रै पोर्चुगलकी नटाचा रोड्रिग्वेजले रोनाल्डोले प्रेमिका जर्जिनालाई धोका दिँदै गोप्य रुपमा आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २०७४ कार्तिक २८,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu