नवराज सिलवालले भने -म डिआइजी होइन,सर्वोच्च अदालतले बनाएको आइजीपी हुँ !

नेपाल प्रहरीको इतिहासमै सबैभन्दा चर्चित र विवादित रह्यो तत्कालिन तिन डिआइजीहरु नवराज सिलवाल ,जयबहादुर चन्द र हालका आइजीपी प्रकाश अर्याल बिचमा को आइजीपी बन्ने भन्ने बिषयलाई लिएर भएको खिचातानी।

यस अघिको प्रचण्ड सरकारले तिन डीआइजीहरु मध्येमा जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्यो। तर आफू पहिलो वरियताक्रममा रहेकोले आइजीपीको स्वभाविक दाबेदार रहेको भन्दैं डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दाएर गरे।पछि सरकारले सर्वोच्चको आदेश अनुसार भन्दै प्रकाश अर्याललाई आइजीपी नियुक्त गर्यो।

सरकारले अन्याय गरेको भन्दै सिलवालले डिआइजी पदबाटै राजिनामा गरेर एमालेमा प्रवेश गरे। हाल उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका उम्मेदवार बनेका छन्।

एविसी टेलिभिजनको कार्यक्रम एविसी क्रस चेकमा कुराकानी गर्दै सिलवालले भने- सर्वोच्च अदालतले ज्येष्ठता,योग्यता र कार्यसम्पादन मूल्यांकनको आधारमा आइजीपी नियुक्ति गर्नु भनेर दिएको आदेश अनुसार आफू त्यो योग्यता पुगेको व्यक्ति भएको र सर्वोच्चको आदेश अनुसार र कानुनी हिसाबले आफ्नो कामकारवाही र जनताले मानेको आधारमा आफू नै आइजीपी भएको दाबी सिलवालले गरे।

प्रहरी सेवामा हुँदा आफूले धेरै राम्रो काम गरेको र करोडौं जनताको मन जितेको बताउँदै सिलवालले अहिले त्यो कुरा याद आउने (मिस गर्ने) बताए। साथैँ आफूलाई अन्यायमा पारिएको कुरामा पनि कहिलेकाही चित्त दुख्ने गरेको र अहिले फेरी राजनितीमा मौका पाएकोमा आफूलाई त्यसै अनुरुप ढाल्ने सिलवालले बताए।

सिलवाल अगाडी भन्छन् -एमालेले मेरो क्षमता,योग्यता र देशप्रति गरेको योगदानको कदर गर्दैँ एमालेमा आउन आग्रह गरेकाले एमाले पार्टिमा प्रवेश गरेको हुँ।

नेपाल प्रहरीमा राजिनामा दिएर बसेपछि युनिभर्सिटि अफ कोलम्बियामा एक बर्ष पढाउनको लागी कुरा आएको तर बेलैमा आफ्नो राजिनामा स्विकृत नभएकाले मौका गुमाउन परेको दुखेसो पोखे।

हेरौँ भिडियो

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu