कांग्रेसमा प्रवेश गर्नेको जनलहर: बामगठबन्धन परित्याग गरी ४० जना काङ्ग्रेसमा प्रबेश

महेन्द्र चापागाई

नवलपुर जिल्लामा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिष्णु कार्की चुनावी अभियानमा व्यापक जुटेका छन । कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको जनलहर चलेको छ ।

चुनावी अभियान अन्तर्गत नेपाली काङ्ग्रेस जिल्ला मध्यबिन्दु नगरपालिकामा १३ पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेसको कार्यक्रममा माओवादी (बामगठबन्धन ) पार्टी परित्याग गरि ४० जनाले नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।कार्यक्रममा प्रदेश सभा उमेदवार गणेश मान श्रेष्ठ , नगरपालिका प्रमुख चन्द्र बहादुर राना , जगत कार्की ,दोमन भण्डारी ,उदय राज अर्याल लगायतका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ।

जिल्लाको प्रदेश नं अन्तर्गत ४ बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्र न २ को प्रतिनिधि सभाका उम्मेदवारका रुपमा विष्णु कार्की चुनावी अभियान सञ्चालन गरिरहेका छन । कार्की एउटा कुशल राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरु कार्कीको सपोर्टमा देखिएका छन ।

पार्टीभित्रका युवाहरुको साथ सहयोग रहनुका साथै बामगठबन्धनका युवाहरुले समेत कार्कीलाई रुचाएका छन । कार्कीको सामाजिक कामका कारण सबैको रोजाइमा पर्न सफल भएका हुन । कार्कीैको पक्षमा देखिएको युवाहरुको जनलहरले उनले चुनाव जित्नेमा पक्का जस्तै भएको छ ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu