देवादिदेव महादेवले सबैको रक्षा गरुन, ४ मङ्सिर/नोभेम्बर २० को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशीर्ष ४ गते सोमवार इश्वी सन २०१७ नोभेम्बर २० तारीख मार्गशीर्ष शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा वृश्चीक राशिमा सूर्य दक्षीणायन हेमन्त ऋतु विश्व बाल अधिकार दिवस चन्द्र उदय –ज्यो.प.सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य चोट पटकको सम्भावना रहेकोछ । खानपानको क्षेत्रमा बिषेश सजग रहनुहोला । बाणीका कारण सामान्य बादबिवादको सामना गर्नु पर्नेछ । मित्रजनहरुको साथ सहयोग द्वारा आर्यआर्जका क्षेत्रमा भने उत्तम समय रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा भने समय मध्यम रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारीवारिक कलहको सामना गर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्हाेनु पर्ने सम्भाबना रहोकोछ । प्रेम सम्बधमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य कार्य सम्पादनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । सभासम्मेलनमा जन्य कार्यमा आत्मसम्मानमा ठेस पुग्न सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थका कारण सामान्य खर्चको सम्भाबना रहनेछ । तपाई द्वारा सम्पादितकार्यमा खोट देखाउने हरुको बृद्धि हुनेछ । प्रतिस्पर्दा जन्य कार्यका क्षेत्रमा सजग रहनु होला । तात्कालिक यात्राको योग आईपर्न सक्नेछ । शारिरीक आलस्यताले कार्य सम्पादनमा समेत प्रभाब पार्न सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्यन अध्यापन तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुने योग रहेकोछ । बौधिक ब्यत्तित्व हरुको सामु आफु कमजोर भएको महसुस हुनेछ । नयाँ कार्य सुचारु द्वारा बिभिन्न आम्दानिका श्रोतहरु जुट्नेछ । गैर बिश्वसनिय ब्यत्तिहरुको पछि लाग्नाले सामान्य झन्झट प्राप्त हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य कार्यका निम्ती अधिक समय ब्यतित हुनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आटँ शाहसको कमीका कारण सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सम्भाबना रहेको छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य परीर्वतनको सम्भाबना रहेको छ । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । बिद्या प्राप्तीको योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu