दश देखी बिस बर्ष भित्रमा हरेक नेपालीले गर्व गर्नसक्ने नेपाल बनाउँछौ : रवीन्द्र मिश्र

रवीन्द्र मिश्रको प्रश्न -शुद्ध हुन सक्नेलाई पो शुद्धीकरण गर्ने हुनै नसक्नेलाई कसरी गर्ने ?

विवेकशील साझा पार्टीका संयोजक एवं काठमाण्डौं क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका उम्मेदवार रवीन्द्र मिश्रले एक चुनावी सभालाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीले कलेजहरुमा राजनिती नगर्ने र प्रध्यापकहरुको भातृ संगठन नबनाउने र कर्मचारी युनियन कुनैपनी हालतमा नबनाउने घोषणा गरे।

विवेकशील साझाले देशमा स्वतन्त्र नागरिकहरुको ठूलो जमात होस् भन्ने चाहान्छ।अहिलेको निर्वाचनमा विवेकशील साझा पार्टीमा आस्था- आशा भएर भोट दिन सक्छन् पाँच बर्षपछि फेरी विवेकशील साझा पार्टीलाई तराजुमा राखेर तौलिएर चित्त बुझेन भने आफ्नो आस्था परिवर्तन गरेर अर्कोलाई भोट दिन सक्छन्।हामी त्यस्ता नागरिकहरु उत्पादन गर्न चाहान्छौ, अनि मात्र यो देश बन्छ।

राजनितीको माथिल्लो तहमा जुन किसिमको कुतृत्य भईरहेको छ,जुन किसिमको भ्रष्टाचार र मनपरी भइरहेको छ त्यस्तो देखेर तल्लो तहमा राजनिति गर्ने विभिन्न पार्टीका कार्यकर्ताहरु पनि दिक्क भईसकेको छन् र खुशी छैनन्।

पुरानै दल र त्यसका नेताहरुलाई शुद्धिकरण गर्नपर्छ भनेर तर्क गर्नेहरुलाई मिश्रले सोधे – शुद्ध हुन सक्नेलाई हो शुद्धिकरण गर्ने शुद्धै हुन नसक्नेलाई कसरी शुद्धिकरण गर्ने ?पूरानै पार्टीका नेताहरुले बितेको २६-२७ बर्षमा देशका उधोगधन्दा ध्वस्त पारे। नेपालको राम्रो चलेको एयरलाइन्स सखाप पारे।पार्टी भित्र अन्य असल मान्छे हुँदाहुदै गुण्डाहरुलाई टिकट किन दिए ?

हामीले खराब उम्मेदवार भनेर  जान्दाजान्दै पनि भोट हाल्यौ भने त्यसको सजाय हाम्रा सन्तानले पाउछन् र  पाप हामिले भोग्न पर्छ त्यसैले मतदाताहरुलाई सचेत भएर मतदान गर्न मिश्रले आग्रह गरे।

यो पटक राष्ट्रिय पार्टी बन्ने र अर्को पाँच बर्षपछि हुने निर्वाचनमा देशकै नेतृत्व गर्ने लक्ष्य छ र त्यसपछिको दशदेखी बिस बर्ष भित्रमा नेपालीले गर्व गर्नसक्ने नेपाल बनाउँछौ,मिश्रले प्रतिबद्दता जनाए।

हेर्नुहोस् भिडियो 

प्रकाशित मिति : २०७४ मंसिर ७,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu