निर्वाचित भएमा मैले पाउने सबै तलब र भत्ता जनतालाई आवश्यक पर्ने कामका लागि खर्च गर्नेछु : बिष्णु कार्की

नवलपुर/ नवलपुर क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार बिष्णु कार्कीले राजनीतिक अनुशासन भएको प्रतिनीधि छनौट गर्न आग्रह गरेका छन। कार्कीले आफु राजनीतिक रुपमा अनुशासित र आर्थिक हिसाबले पारदर्शी भएको दाबी गरे।
मलाई कुनै लोभ छैन कार्कीले भने म निर्वाचित भएको खण्डमा मैले पाउने सबै तलब र भत्ता जनतालाई आवश्यक पर्ने कामका लागि खर्च गर्नेछु।”

कम्युनिष्टहरुले पटक-पटक जिते, तर नवलपुरका लागि केहि गर्न नसकेको कार्कीले बताए । पटक-पटक मौका पाउँदा पनि केहि गर्न नसक्नु ‘कमजोरीको हद’ भएकोले यस पटक काँग्रेसलाई मत दिई बिजय गराउन कार्कीले आग्रह गरे । ‘गफ गरेर, मिठो हाँसेर चिल्ला कुरा गर्दैमा विकास हुँदैन।’ उनले भने–‘यसको लागि दृढ इच्छाशक्ति र राजनीतिक अनुशासन आवश्यक हुन्छ।’ विकास गर्नुभन्दा हुन लागेको विकासका काममा पनि बाधा पुराएर बस्ने कम्युनिष्ट परिपाटीको अन्त्यको गर्न आफ्नो उम्मेदवारी भएको कार्कीले दाबि गरे ।
प्रचारप्रसारको क्रममा बिष्णु कार्कीले नेपाली काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा जनताका माझ सो कुरा बताएका हुन।

प्रकाशित मिति ७ मङ्सिर २०७४ बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu