ओलीको झापास्थित घरमा बम विस्फोट

झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी ओलीको दमकस्थित निवासको मूल गेट नजिकै आज बिहानै अज्ञात समूहले विस्फोट गराएको छ ।

सो स्थानमा शंकास्पद वस्तु पनि फेला परेको प्रहरीले जनाएको छ ।

फाइल फोटो

त्यस्तै झापा-२ का प्रतिनिधि सभा उम्मेद्वार तथा झापा कांग्रेसका सभापति उद्धव थापाको घरमा शुक्रबार राति विस्फोट भएको छ । सो क्रममा उनको सवारीमा क्षति पुगेको छ ।

विस्फोटन घटनापछि उम्मेद्वारहरुको सुरक्षामा कडा निगरानी सुरु गरिएको झापाका एसपी विष्णु केसीले जनाए ।

प्रकाशित मिति ९ मङ्सिर २०७४ ,शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu