प्रेमको पहाड

-इन्द्रकुमार श्रेष्ठ सरित्

मन पछॅन मलाई होचाअग्ला पहाडहरु
त्यसै त्यसै प्रेम छ पहाडको उचाइसँग मेरो
जानिनसक्नुको, बणॅन गरिनसक्नुको
कस्तो खै कस्तो चकोॅ मोह छ मेरो

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

रंगिन देख्छु म पहाडका रंगहरु
मानुँ इन्द्रधनुषको रंग मयूर बनेर नाचिरहेछ
कति मनमोहक छ यो दृश्य
दृश्यावली बनेर बस्छ मेरो ह्रदयमा
आँखाअगाडि सप्तरंग झलझलाइरहेछ

शनै:शनै: पहाड पनि चलायमान हुन थाल्छ
होचा अग्ला पहाडहरु, रंगीन पहाडहरु
चराजस्तै चिरविर चिरविर गनेॅ मान्छेहरु भेला पारेर
अनायासै प्रेमका गीत गाउन थाल्छन्
एकताको गीत गाउँदै समानताको नाच नाच्न थाल्छन्
डुबेर प्रेमरसमा शान्तिको गीत गुनगनाउन थाल्छन्

युगको छाती चिरेर आँधी त आएर नि थामिइसक्यो
अमिट इतिहास लेखेर नि गई सक्यो
नयाँ पालुवा बनेर आएको छ
नयाँ युगको गीता,बाइबल,कुरान
नुहाएर यिनको संलो झरझर झरनामा
मरुभूमिमा लानु छ त्यही पानी मनमुटुहरुमा
फराकिलो पानुॅछ मनका गोरेटाहरु

अहो विश्वासको विरुवामा नजीक उभिएर
चेतनाको गीत गाउँदै सबैले समानताको पानी हालिरहेछन्
म नियालीरहेछु उत्सवमय यो दृश्य र दृश्यावली
प्रेम,स्नेह र अपनत्वको पहाड चढेर
यो खोलीमा ननुहाउने को होला र ?

तरहरा (सुन्सरी)

प्रकाशित मिति ११ मङ्सिर २०७४ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu