यी हुन् सगरमाथा चढने पहिलो नेपाली ‘फु दोर्जी शेर्पा’ जसको गौरवलाई सिंगो राष्ट्रले बिर्स्यो

भारतले दिएको भारतीय नागरिकता अस्वीकार गर्दै नेपाली राष्ट्रियतामै रमाए बसेका एक विभूति

‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’

लोकगायक धर्मराज थापाले गाएको यो गीत कुनै बेला खुबै चलेको थियो । सर एडमण्ड हिलारीसँगै तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गरेपछि यो गीत रचना भयो ।

पहिलो नेपालीका रुपमा सगरमाथा टेकेका तेञ्जिङ शेर्पाले पछि भारतको नागरिकता लिए । तेञ्जिङपछि दोस्रो र तेस्रो नेपाली आरोही नवाङगोम्बु र आङकामी शेर्पाले पनि उनकै बाटो समाते ।

तत्कालीन राजा महेन्द्रबाट ‘नेपालश्री’ पदक लिदै फु दोर्जी

तत्कालीन राजा महेन्द्रबाट ‘नेपालश्री’ पदक लिदै फु दोर्जी

तर, चौथो आरोही फूदोर्जी शेर्पा भने नेपाली भएरै मरे । सन् १९६५ मा भारतीय सेनाको आरोहण टोलीसँगै सगरमाथा आरोहण गरेका खुम्जुङ–१, सोलुखुम्बुका फूदोर्जीले भारतले दिएको नागरिकता लिन अस्वीकार गरेको उनकी छोरी फूटी शेर्मा बताउँछिन् ।
उनी भन्छिन्, ‘‘भारतले दिएको सम्मान लिएपनि बुवाले नागरिकता लिन भने चाहनुभएन ।’’ फूदोर्जीलाई भारत सरकारले त्यहाँको ठूलो खेल पुरस्कार ‘अर्जुन’ले पुरस्कृत गर्‍यो ।

भारतीय सेनाको एमएस कोहली नेतृत्व टोलीको २१ जना मध्येका फूदोर्जीलाई भारतका तत्कालीन राष्ट्रपति सर्वपल्ली र प्रधानमन्त्री लालबहादुर शास्त्रीले उनलाई सम्मानपत्र प्रदान गरेका थिए । 

भारतको तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्ण भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

भारतको तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्ण भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

सोलुखम्बुको लुक्ला बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेकी उनकी छोरी फूटी भन्छिन्, ‘‘भारतले पछिसम्मै नागरिकता लिन आग्रह गरेका थिए । तर, बुवाले म नेपाली भएरै मर्छु भनेर उक्त प्रस्ताव अस्वीकार गर्नुभयो ।’’

भारतको तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

भारतको तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले भारतको सभैभन्दा ठूलो खेल पुरस्कार ‘अर्जुन’ ले सम्मान गर्दै ।

नेपाल सरकारले पनि फूदोर्जीलाई पहिलो नेपाली आरोहीका रुपमा सम्मान गरेको पाइन्छ । राजा महेन्द्रले फूदोर्जीलाई ‘नेपालश्री’ पदकले सम्मान गरेका थिए । 

महेन्द्रकै हुकुम अनुसार वि.सं. ४ साउन २०२२ मा बसेको मन्त्री परिषद बैठकले ‘सगरमाथामा पुग्ने सर्वप्रथम नेपाली फूदोर्जी शेर्पालाई सम्मानार्थ मासिक रु. ४ सय रुपैयाँ दिनु’ भनेर हुकुम दिए । 

fu nepal

सगरमाथा आरोहणकै क्रममा सन् १९९६ मा उनको मृत्यु भयो । जापानी आरोहण दलसँग सगरमाथा आरोहण गर्ने क्रममा हिउँमा चिप्लिएर निधन भएका फूदोर्जीका छोरा दावाले भारत सरकारकै छात्रवृत्तिमा पढे ।

फूदोर्जीकी छाेरी फूटी भन्छिन्, ‘‘बुवाको सम्झनामा भारत सरकारले अहिले पनि विभिन्न कार्यक्रममा हामीलाई सम्मान गर्दै आएको छ । तर, नेपाली नै भएर मर्न चाहने बुवालाई नेपाल सरकारले सम्झेको याद छैन ।’’

भारतसरकार शिक्षा मन्त्रालयबाट ‘अर्जुन’ पुरस्कारको प्रमाण पत्र ।

भारतसरकार शिक्षा मन्त्रालयबाट ‘अर्जुन’ पुरस्कारको प्रमाण पत्र ।

साभार -बुद्धबीर बाहिङ राई/हिमालखबरमा

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu