योनी चिलाउने समस्याबारे महत्वपूर्ण जानकारी दिदै चर्चित विशेषज्ञ डा.माला श्रेष्ठ (भिडियो)

प्रायः जसो महिलामा योनी चिलाउने समस्या हुन्छ । तर हाम्रो समाजमा अझै पनि योनी चिलाउने समस्यालाई सहजै बाहिर ल्याएको पाइँदैन । यौनी चिलाउने कारण र यसको समाधान कसरी गर्ने ? स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ…

समाजमा अझै पनि योनांगमा देखा पर्ने समस्यालाई सहजै बाहिर ल्याइँदैन । यौनांगमा देखिएका समस्या भन्दा उत्ताउलो लगायतका उपनाम दिई नकारात्मक दृष्टिले हेर्ने प्रथा अझै पनि काय मै छ । जसको परिणाम स्वरुप योनांगमा देखिएका समस्याले अन्य अंगमा पनि असर गर्ने अवस्था आउँछ । यौनांगमा देखिने समस्यामध्ये योनी चिलाउने समस्याले धेरैलाई पीडा दिएको छ । यो सबै उमेरका स्त्रीमा देखा पर्न सक्छ । तर, विशेषतः किशोरी र वयष्क महिलालाई वढी चिलाउँछ ।

योनी चिलाउने प्रमुख कारण :

स्टोजन हर्मोनको कमी । योनी फोहोर राख्नु । धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु । विशेष गरेर महिनावारीको समयमा प्रयोग गरिने प्याड तथा कपडा लामो समय राखिराख्नु , योनी सफा नगर्नु । नुहाँउदा योनीलाई असर पुर्याउने सावुन वा सेम्पो प्रयोग गर्नु । योनी प्राय जसो पहिलो पटक महिनावारी हुने उमेरका किशोरी तथा महिनावारी सुकेका महिलालाई बढी चिलाउँछ । यसको मूख्य कारण भनेकै स्ट्रोजन हर्मोनको कमी हुनु हो ।बच्ने उपाय : योनी सधै सफा राख्ने । भित्र लगाउने कपडा(पेन्टी) प्रत्येक दिन परिवर्तन गर्ने । रजस्वला हुँदा ३/३ घण्टामा प्याड वा कपडा परिवर्तन गर्ने । नुहाउँदा योनांगमा मात्र प्रयोग गर्ने स्याम्पो प्रयोग गर्ने । धेरैलाई थाहा नहुन सक्छ योनांगमा आवश्यक पर्ने केही किटाणु हुन्छन् । जुन यस्तो स्याम्पोले सुरक्षित राख्छ भने, अनावश्यक किटाणु फाल्छ । योनी यसरी लामो समयसम्म चिलाइरहे उपचार तत्काल गराउनु पर्छ । अन्यथा योनीमा लामो समय संक्रमण भई पाठेघरसम्म अन्य रोग निम्तन सक्छ ।

बच्ने उपाय :

योनी सधै सफा राख्ने ।

भित्र लगाउने कपडा(पेन्टी) प्रत्येक दिन परिवर्तन गर्ने ।

रजस्वला हुँदा ३/३ घण्टामा प्याड वा कपडा परिवर्तन गर्ने ।

नुहाउँदा योनांगमा मात्र प्रयोग गर्ने स्याम्पो प्रयोग गर्ने । धेरैलाई थाहा नहुन सक्छ योनांगमा आवश्यक पर्ने केही किटाणु हुन्छन् । जुन यस्तो स्याम्पोले सुरक्षित राख्छ भने, अनावश्यक किटाणु फाल्छ । योनी यसरी लामो समयसम्म चिलाइरहे उपचार तत्काल गराउनु पर्छ । अन्यथा योनीमा लामो समय संक्रमण भई पाठेघरसम्म अन्य रोग निम्तन सक्छ ।

भिडियो हेर्नुस् ।

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu