शुक्रवारको साहित्यमा दुई कविता

म हुँ मेरो समयको सारथी

– बाबुराम न्यौपाने “उत्स” , दमक

म हुँ मेरो समयको सारथी
यो भव्य जीवन
यो अद्भूत सृष्टि
यो सुन्दर सिजॅना
मेरै लागि त हो नि
म किन छटपटाउँ
असन्तोषको अग्निकुण्डमा
किन तडपुँ पिएर
कुण्ठा र आत्मग्लानीको बिष घुँट्को
अकाॅलाई थोपरेर सारा दोषजति
म किन बनुँ
पानी माथिको ओभानो ?

हो हाँक्दैछु म मेरो युगको सानदार रथ
मेरो सामथ्यॅ र आत्मविश्वास
लिएर सृष्टिसँग
एक चिम्टी चेतना सापटी
पहिल्याउँदै प्रतिभाको उज्यालो चिराग
म त्यही चिरागको प्रकाशमा खोजिरहेछु
युगको आकार
नापीरहेछु समयको गति
अनि खोजिरहेछु युगको आकृति

लक्ष्मी उप्रेती र बाबुराम न्यौपाने “उत्स”

जीवनको नेपथ्य सुनसान छ
स्पन्दित छन् मात्र विश्वब्रह्माण्ड
म त्यहीँ स्पन्दनको चढेर घोंडा
हर युगको समाएर लगाम
भव्य रथ हाँक्न सघाउने
आफू बाँचेको युगको
एक संवाहक र साथी हुँ ।

 

”समुद्र”

लक्ष्मी उप्रेती,  विराटनगर 

म छेउ एउटा धमिलो समुद्र छ
उम्लिएर मडारिँदै लहरिँदै आउँछ
र, किनारमा ठोक्किएर छताछुल्ल पोखिन्छ
असरल्ल सलबलाउँदै जिस्कन खोज्छ मसँग
मेरो मनलाई नछोई
मलाई निथ्रुक्क भिजाउँदै फकिॅन्छ
र,
मिसिन्छ आफ्नै संसारमा ।

प्रकाशित मिति १५ मङ्सिर २०७४ , शुक्रबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu