शुक्रवारको साहित्यमा दुई मुक्तक


तुक पढिन्छ या बेतुक पढिन्छ
लगाई निशाना अचुक पढिन्छ
पुस्तकहरु सजिन्छन् शोकेशमा
टुप्पी कसेर अचेल फेसबुक पढिन्छ ।

– गोविन्द नेपाल ,काठमाडौ

प्रकाश बस्नेत गफाडी र गोविन्द नेपाल

आपसमा हाम्रो मायाले छुन किन सकेन
मनका मैलाहरु सबै धुन किन सकेन
हड्डी खानकै लागि कुकुर मिल्ने यो देशमा
हाम्रो मायामा गठबन्धन हुन किन सकेन ।

प्रकाश बस्नेत गफाडी, आलापोट, काठमाडौ

प्रकाशित मिति १५ मङ्सिर २०७४ शुक्रवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu