नेपाली मिडियामा क्रान्ति ल्याउने राष्ट्र सपुत विश्व कृतिमानी रबि लामिछाने

-मीन बहादुर पण्डित

कुनै पनि देश सफल र बिकसित बन्न प्रमुख रुपले तिन वटा कुराहरु चाहिन्छ, ति हुन् १) इमान्दारिता २) क्षमता र ३) इच्छा सक्ति । यत्ति कुरा भयो भने देश बन्न बाट कशैले पनि रोक्न सक्दैन । ठाउ, कच्चा पदार्थ, पुजी, प्रबिधि, जन-सक्ति र उचित बजारको व्यवस्थापन माथिका ३ वटा कुराले नै गर्ने हो, त्यशैले यो ठुलो कुरा होइन । प्रश्न उठ्छ त्यस्ता इमान्दारिता, क्षमता र इच्छा सक्ति भएका व्यक्तिहरु नेपालमा छैनन् त् ? अवश्य छन्, तर त्यस्ता व्यक्तिहरु नेत्तृत्व सम्म पुग्नै पाउदैनन वा पुग्ने बाताबरण नै छैन । फल स्वरूप त्यस्ता व्यक्तिहरु पलाएन हुन्छन वा भनौ बिदेसिन्छन । किनकि यँहा त् अदालत देखि राजदुत सम्म, अनि कुनै पनि सरकारी सस्थांनहरुमा राजनीतिक भाग बन्डाका आधारमा नियुक्ति गरिन्छन ।

तिनीहरुले क्षमता भएकालाई भन्दा आफ्ना र आफु निकटकालाइ पठाउने गर्दछन, अनि कसरी हुन्छ सरकारी सस्थांनको प्रगति र उन्नति ? नेपाल बिधुत प्राधिकरणमा कुल मान घिसिङ्गको नियुक्ति एउटा अपबाद मात्र बनेको छ । उनको नियुक्तिले सहि मान्छे नियुक्ति गरियो भने कस्तो परिणाम आउने रहेछ त भन्ने प्रस्ट भएको छ ।

यस्ता तथ्य र बास्तबिकताहरुलाई जनता सम्म पुर्याउने काम आम संचार माध्यम को हो । त्यशैले नै पत्रकारिता क्षेत्रलाइ राज्यको चौथो अंग मानिन्छ । तर अधिकाम्स पत्रकार र संचार माध्यमहरु जन-जीविकाका सवाललाई भन्दा नेताहरुले बोलेका कुरालाइ समाचार बनाएर प्रकासित गर्न मै व्यस्त छन् । अनि तिनै नेता संग कुममा कुम जोडेर फोटो खिच्नमा गर्ब महसुस गर्दछन । भने केहि पत्रकार चाँही काल्पनिक, मिठासिलो, आकर्सक सब्दले भरिएको, रश्व दिर्ग र भासा मिलाएर साहित्तिक पारामा लेखेर आफुलाई ठुलै बुद्दि-जीबी हो भन्ने देखाउन मन पराउछन । तर त्यसले आम मानिसको जिबनमा कुनै परिबर्तन ल्याउन सक्दैन । किनकि आदर्शको कुरा व्यवहारमा उतार्न सकिएन भने त्यसलाई लेखेर मात्र कुनै काम छैन । त्यस्तो लेख त केवल एक छिनको मनोरंजन मात्र हुनेछ ।

तर पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा आम संचार कर्मी भन्दा अलग भूमिकामा रबि लामीछाने देखा परेका छन् । हुन त् कुनै पनि समस्याको समाधान गर्ने काम आम संचार माध्यमको होइन । संचार माध्यमको काम त जनतालाई सुचना र मनोरंजन प्रधान गर्ने अनि यो ठाउमा यस्तो समस्या र बिकृति रहेछ भनेर देखाइ दिने मात्र हो । समाधान गर्ने काम त् केवल सरकारको हो । तर सरकारले जनताका समस्याहरु समाधान गर्न नसके पछि रिस्क मोलेरै रबि लामिछाने आफै लागि परेका छन् । देश भक्त र न्याय प्रेमी नेपालीहरुले यसको मुक्त कण्ठले प्रसंसा गर्ने पर्छ । किनकि आम मान्छेले दिने हौसल्ला नै उनको काम गर्ने उर्जा बन्न सक्छ । राम्रो काममा साथ् र समर्थन दिने हो भने मात्र बिकृति र विसंगतीहरु घट्दै र हट्दै जाने छ ।

हुन् त् रबि लामिछाने नेपालको प्रधानमन्त्रि हुनु पर्ने मान्छे हुन् । तर त्यसको लागि राजनीतिक पार्टीको शिर्ष स्थानमा पुग्नु पर्ने हुन्छ । तर कुनै पनि राजनीतिक पार्टीले आफु भन्दा ट्यालेन्ट ब्यक्तिलाइ पार्टीमा ठाउ दिदैनन, किनकि भोलि आफु नै तल परिन सक्छ । यहि कारणले नेपालमा प्रतक्ष रास्टपति प्रणाली हुन सक्दैन, किनकि रबि लामिछाने, धुर्मुस सुन्तली, हरि बम्स मदन कृष्ण, राजेश हमाल, विजय लामा, कुलमान घिसिङ्ग आदि व्यक्ति पनि उठी दिए भने प्रमुख राजनीतिक पार्टीका नेताको भन्दा धेरै भोट आउन सक्छ । त्यशैले यो प्रतक्ष निर्बाचन प्रणाली राजनीतिक पार्टीको जनता भुलाउने गफ मात्र हो ।

त्यशैले एदी संबैधानिक हिसाबले मिल्छ भने रबि लामिछानेलाइ अब बन्ने सरकारले अखितियार दुरुपयोग तथा अनुसन्धान आयोगको प्रमुख बनाउनु पर्दछ । यशो गर्दा सरकारको काम प्रभाबकारी भइ दिगो बिकासमा सहयोग पुग्ने छ । तर अधिकाम्स भ्रस्ट राजनीतिग्य भएको हाम्रो जस्तो देशमा यस्ता इमान्दार व्यक्ति कदापि अख्तियारमा ल्याउदैनन, किनकि आफुले गरेको भ्रस्टचारमा आफै फसिने डर रहन्छ । बिगतमा आफु बिरुद्ध कुनै फाइल खुल्न लाग्यो भने अखित्यार प्रमुखलाइ महाअभियोग लगाएर हटाएको हामीले देखेकै हो । आफ्नालाई आइजीपी बनाउन नमानेकाले तत्कालिन प्रधान न्यायधिस सुसिला कार्कीलाई महाअभियोग लगाएको पनि हामीले देखेका छौ । त्यसकारण हरेक क्षेत्रमा भ्रस्टचार र बिकृति बढ्नुको दोषी राजनीतिग्य नै हुन् ।

त्यशैले यिनले क्षमता वान व्यक्तिलाई ठाउ दिन्छन भनेर कल्पना गर्न समेत सकिदैन । सरकारमा ६४ जना मन्त्रिहरु छन्, तर तिनीहरु कसरि कमाउने अनि कसरि चुनाब जित्ने भन्ने मै ब्यस्त छन् । देश बनाउने चिन्ता भएपो देश बन्छ, आफु बन्ने चिन्ता भए पछि कंहा बाट देश बन्छ ? रबि लामिछानेले गरेको काम देखेर सरकारमा बसेर लाखौ तलब भत्ता खानेहरुलाई लाज हुनु पर्नु हो । जनताले तिरेको कर बाट तलब खाएर जनताको समस्या समाधान गर्न मन्त्रि भएको कि आफ्नो समस्या समाधान गर्न ? हुन त सरकारले पनि जनताको गुनासो सुन्न हेल्लो सरकार सुरु गरेको धेरै भै सक्यो, तर त्यसको प्रभाब-कारिता सोचे जस्तो छैन । अधिकार,साधन, श्रोत र जिम्मेबारी लिएर बसे पछि देखिने गर्री काम गर्नु पर्दैन हेल्लो सरकार ?

सिधा कुरा जनता संगले गर्दा गैर कानुनि काम गर्नेहरुको होस् उडेको छ, सयौ सरकारी कार्यालयमा हुने गैर कानुनि कामको पर्दाफास भएको छ, सयौ सोझा साझाले आफ्नो समस्या र पिर मर्का समाधान गर्ने माध्यम पाएका छन् । त्यशैले रबि लामिछानेलाई देश विदेश बाट माया गर्नेको कमि छैन । उनको कार्यक्रम देश बिदेशमा उत्तिकै लोक प्रिय हुदै गएको छ । उहिले न्याय नपाए गोर्खा जानु भन्थे, अब न्याय नपाए सिधा कुरा जनतामा जानु भन्ने भानाइ सार्थक हुदैछ । सरकारी कार्यालयमा सबै नराम्रा मात्र छन् पनि भन्न मिल्दैन । त्यँहा भएका राम्रा मान्छेहरुले रविले ल्याएका समस्या समाधान गर्न सहयोग गरेकै छन् । अनि कार्यालय प्रमुखलाइ त् जनताको समस्या मिडियामा आइसके पछि नैतिकताका आधारमा पनि समाधान गरिदिनु पर्ने नैतिक बाध्यता यो कार्यक्रमले बनाएको छ ।

मन्दिर गएर धर्म हुदैन, धर्म गर्न कर्म गर्नु पर्छ, अनि अरुको मर्म बुझ्नु पर्छ भन्ने आसय रबि लामिछाने बाट बुझ्न सकिन्छ । तर मुख्य कुरा चोर फटाहहरुको करोडौको कारोबारमा तगारो बनेको कार्यक्रमका संचालकलाइ सेक्युरिटी थ्रेट हुन् सक्छ । त्यशैले यो कुरामा पुलिस प्रसासन र सरकारले बेलैमा ध्यान पुर्याउन अत्यन्त जरुरि छ । जब सरकारले गर्ने काम रबि लामिछानेले फ्रीमा गरि रहेका छन् भने, सरकारले फ्रीमा रबि लामिछानेलाइ सुरक्षा किन नदिने ? उनलाई सरकारले गर्ने काम गरे भनेर कशैले तलब भत्ता र सान्तोना मागेका होइनन, तर सुरक्षा त् दिनै पर्छ । फेरी उनि पनि यहि देशका नागरिक हुन्, त्यशैले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकार प्रमुख कर्तब्य हो । यस्ता सोच्छ छबि भएका, अनि दृद संकल्प र इच्छा सक्ति भएका, सिमित श्रोत र साधनका बाबजुत दिन रात केहि नभनी जनताको समस्या समाधान गर्नमा केन्द्रित हुने नेपाल आमाका सच्चा सपुतलाई हृदय देखि मुरी मुरी धन्यबाद छ ! रविको आवाज बिहिनहरुको आवाज बन्ने अभियानलाई साथ् र प्लेट फम दिने न्युज २४ टेलिभिजनलाइ पनि धेरै धेरै धन्न्यबाद दिनै पर्छ । रविको प्रेरणाले हरेक न्याय प्रेमी नेपालीले असत्यको बिरुद्ध बोलेर सत्त्यको बाटो अगाल्न सके समाजमा कशैले पनि नराम्रो काम गर्ने हिम्मत गर्न सक्ने छैन । सुखी, सान्त र समृद्ध नेपाल बनाउने आधार पनि यिनै हुन् ।

-हाल दुबई, यु.ए.इ.

प्रकाशित मिति १६ मङ्सिर २०७४ ,शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu