विश्वकप छनोट खेलभरिकै मेस्सी एक्ला नायक

विश्वकप छनोटको अन्तिम खेल बाँकी रहँदासम्म अर्जेन्टिना निकै नाजुक अवस्थामा थियो । अर्जेन्टिनाले इक्वेडरलाई शानदार पराजित गरेमा मात्रै विश्वकपमा स्थान बनाउने थियो । निकै विश्लेषक र फुटबलका पारखीले अर्जेन्टिना फुटबल संकटमा परेको पनि आँकलन गरेका थिए ।

दबाबै दबाबलाई झेल्दै कप्तान लियोनल मेस्सीको नेतृत्वमा इक्वेडरको घरेलु भूमि स्टाडियो ओलिम्पिको एटाहुएल्पामा अक्टोबर १० तारिखमा उत्रियो । नभन्दै यो खेलमा मेस्सीले ह्याट्रिक मात्रै हानेनन्, आफ्नो टिमलाई विश्वकपमा पनि पुर्याउन सफल भए ।

उनले ३८ सेकेण्डभित्र गोल हाने, जुन अर्जेन्टिनाको लागि एकदमै जरुरी थियो । यो खेलमा ह्याट्रिक गोल गरेका मेस्सी नायक बने भने उनको आलोचना गर्नेहरू पनि समर्थक बने ।

जितपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज स्यामपौलीले यसो भनेका थिए, “भाग्यवश विश्वकै राम्रो खेलाडी अर्जेन्टिनामा छ । मेस्सीले अर्जेन्टिनालाई विश्वकप दिनुछैन, बरु फुटबलले मेस्सीलाई विश्वकप दिनुछ । उनी इतिहासकै राम्रा खेलाडी हुन् ।”

प्रकाशित मिति : २०७४ मसिर १७,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu